ओलम्पिक पदकमा सुन हुन्छ

- एजेन्सी

माघ ६, २०७२-
     सुन पहेंलो रंगको मात्र हुँदैन । सुनलाई १० हजार डिग्री सेल्सियसमा तताउँदा त्यो बैजनी रंगमा परिणत हुन्छ । 

     सुनमा इन्डियम मिसाउँदा त्यसको रंग नीलो हुन्छ । 

    सुनमा चाँदी, म्याग्निज र तामा मिसाउँदा त्यसको रंग खैरो हुन्छ । 

     ओलम्पिकमा प्रथम हुनेले प्राप्त गर्ने स्वर्ण पदकमा आजभोलि ६ ग्राम सुन प्रयोग गरिएको हुन्छ । पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक वितरण गरिंदा २१ ग्राम सुन प्रयोग गरिएको थियो । सन् २०१२ को लन्डन ओलम्पिकमा अहिलेसम्मकै सबैभन्दा धेरै सुन प्रयोग गरिएको थियो । त्यतिबेला बेलायतको उपनिवेश रहेको अस्ट्रेलियाको भिक्टोरियामा ठूलो सुन खानी फेला परेपछि प्राप्त सुनलाई लन्डन ओलम्पिकमा उदार मनले वितरण गरिएको थियो ।

     सन् १८०० मा पहिलो पटक डेनमार्कका वैज्ञानिक हम्फ्रे डेभीले आल्मुनियम आविष्कार गर्दा त्यसलाई सुनभन्दा बहुमूल्य मानिएको थियो । यो क्रम १८२५ सम्म जारी रह्यो ।

 

प्रकाशित :माघ ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्