साप्ताहिकमा १०–१२ पेज थप्नुपर्यो
माघ ५, २०७२
केही ठाउँमा त बन्द हुनै पर्दैन । (फ्रन्टपेज, स्केट बोर्ड स्टन्ट) साँझ पर्यो कि केटा–केटीहरू स्केट बोर्ड खेल्न व्यस्त हुन्छन् ।
रामबाबु श्रेष्ठ
गोविन्द गिरीको कथा प्रेरणादायी रहेछ । (अन्तर्वार्ता : गोरेटो कोरेको छु) उनको संघर्षले धेरै युवालाई अघि बढ्न प्रेरित गर्छ ।
विनोद थापा
साप्ताहिकले नयाँ–नयाँ जानकारीमूलक सामग्रीहरू प्रस्तुत गर्नुपर्यो । विज्ञान तथा प्रविधिका समाचारलाई विशेष स्थान दिनुपर्यो ।
सोनाम कोशिष शेर्पा
सरकारी जागिरको सपना शीर्षकको लेख जानकारीमूलक लाग्यो । लोकसेवा उत्तीर्ण गर्न निकै तयारीका साथ परिश्रम गर्नुपर्दो रहेछ । बल्ल कुरा बुझियो ।
४४१९
बाच्छाबाच्छीको पनि न्वारन ? (ट्राभल एन्ड लिजर, जहाँ बाच्छा–बाच्छीको न्वारान गरिन्छ) कस्तो अचम्मको समाचार ? त्यो पनि काठमाडौं नजिकै गोकर्णमा ।
ज्योती शाह
एलएलसीमा ग्रेडिङ सिस्टम लागू हुने कुरा सुनेर धेरै खुसी लाग्यो ।
लसता श्रेष्ठ
साप्ताहिकमा १०–१२ पेज थप्नुपर्यो । पेज थपिए नयाँ–नयाँ सामग्री पनि थपिन्थे ।
अभिषेक सुवेदी, भक्तपुर
साप्ताहिकमा समाचारभन्दा तस्बिर बढी आउन थालेजस्तो लाग्यो ।
ललिता
‘मिस ग्ल्याम पूर्वाञ्चल–२०१५’ को उपाधि हात पारेकोमा राधिका शर्मालाई बधाई । (राधिका भइन् मिस ग्ल्याम) आगामि दिनमा प्रगति गर्दै जानुहोला ।
भरत शर्मा
एकपटक चर्चामा आएर हराउनुभन्दा सधैंभरि दर्शक, श्रोताहरूको मनमा छाउनु उपयुक्त हो । (साताको स्वर : पप्पी देउ न बाट चर्चित भएँ) मनमा बस्ने गीतहरू गाउनुहोस्— शुभकामना ।
निर्मिता श्रेष्ठ
मनोज गजुरेलको व्यंग्य सही छ । (गजुरियल विश्लेषण : अर्थ न मन्त्री पदमा गई, भुँडीमा मुसा घाँटीमा टाई) कुन आधारमा दि बैंकर म्यागजिनले उत्कृष्ट छनौट गर्छ थाहा पाउन पाए हुन्थ्यो ।
दीपेन्द्र घिमिरे
प्रकाशित :माघ ५, २०७२
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्