यु–ट्युबका टप टेन भिडियो

- एजेन्सी

पुस २०, २०७२

यु–ट्युबले सन् २०१५ को ‘रिभ्यू रिपोर्ट’ सार्वजनिक गरेको छ । यसअन्तर्गत वर्षभरि अपलोड भएका विभिन्न विषयका भिडियोमध्ये टप टेन भिडियो, टप टेन म्युजिक भिडियो, टप टेन गेमिङ भिडियो तथा टप टेन विज्ञापन भिडियोहरूको सूची सार्वजनिक भएको छ । यु–ट्युबले भ्यू, लाइक्स, सेयर, सर्च रेस्पोन्स जस्ता आधारमा टप टेन भिडियो छनौट गरिएको बताएको छ । 

१. वाच–मी

२२ अप्रिलमा यु–ट्युबमा सार्वजनिक यो भिडियो वर्षकै हिट भिडियोका रूपमा स्थापित भएको छ । यसको ह्यास्ट्याग ट्विटरमा पनि भाइरल नै भएको थियो । हेभन किङ र उनको डान्स ग्रुपको यो प्रस्तुतिको निर्देशन टायनी किङले गरेका हुन् । इमेजिङ इन्टरटेनमेन्ट ग्रुपको यो भिडियो टप टेन सूची सार्वजनिक हुँदासम्म ११ करोड ६६ लाख ९८ हजार २ सय ६८ पटक हेरिएको युु–ट्युबले जनाएको छ । यसमा ३० हजार ४ सय १ प्रतिक्रिया प्राप्त भएका छन् ।

२. क्लास अफ क्लेन्स रिभेन्ज

१ फेब्रुअरीमा यु–ट्युबमा राखिएको यो भिडियो कमर्सियल भिडियो हो । यो भिडियो ८ करोड ३८ लाख ६७ हजार २ सय ८२ पटक हेरिएको छ भने २६ हजार ३ सय ४५ प्रतिक्रिया छन् ।

३. क्रेजी प्लास्टिक बल प्रांक

१८ जनवरीमा यु–ट्युबमा राखिएको यो भिडियो पनि निकै हिट भयो । ५ करोड ६४ लाख ५१ हजार २ सय ३ पटक हेरिएको यो भिडियोमा २८ हजार ५ सय १ प्रतिक्रिया छन् । यो प्रांकलाई २०१५ कै उत्कृष्ट प्रांक बताइएको छ ।

४. लभ हाज नो लेभल्स

३ मार्चमा यु–ट्युबमा सार्वजनिक यो भिडियोमा प्रेमको कुनै बाद हँुदैन भन्ने सन्देश दिइएको छ । धर्म, लिंग उमेर, शारीरिक अपांगता जस्ता कुराले प्रेममा कुनै प्रभाव पार्दैन भन्ने आशय व्यक्त गरिएको यो भिडियो ५ करोड ५३ लाख २० हजार ६ सय ८२ पटक हेरिएको छ भने यसले ३ हजार ७ सय ११ प्रतिक्रिया पाएको छ ।

५. लिप साइन्क ब्याटल विथ विल फेरेल्ल

केभिन हार्ट र जिम्मी फैलनको यो भिडियो ५ करोड ४३ लाख ७७ हजार ४ सय ८२ पटक हेरिएको छ । १ फेब्रुअरीमा सार्वजनिक गरिएको यो भिडियोमा १४ हजार ५ सय प्रतिक्रिया आएको छ ।

६. जस्टिन बिवर कारपुल 

२० मेमा सार्वजनिक भएको यो भिडियो टप टेन सूची सार्वजनिक हुँदासम्म ४ करोड ३४ लाख ६ हजार ७ सय ४२ पटक हेरिएको थियो । जस्टिनको उत्कृष्ट प्रस्तुति समेटिएको यो भिडियोमा ३० हजारभन्दा बढी प्रतिक्रिया छन् ।

७. सिक्स्थ फिट म्यान इन सिक्स्थ फिट जायन्ट वाटर बेलुन

२१ जुलाईमा सार्वजनिक यो भिडियो ४ करोड ६ लाख १७ हजार ८ सय ४९ पटक हेरिएको छ । गे र डनको संयुक्त प्रस्तुतिको यो भिडियोमा १६ हजारभन्दा बढी प्रतिक्रिया छन् ।

८. गोल्डेन ब्वाइ क्यालम स्कट हिट्स द राइट नोट

११ अप्रिलमा सार्वजनिक भएको यो भिडियो ३ करोड ८६ लाख ८६ हजार १२ पटक हेरिएको छ । यो भिडियो ब्रिटेन नट ट्यालेन्टसँग सम्बन्धित छ ।

९. डाबर पुलिस ड्यासक्याम कन्फेसनल

१६ जनवरीमा सार्वजनिक भएको यो भिडियो ३ करोड ७५ लाख ६९ हजार ३ सय ८ पटक हेरिएको छ ।

१०. मिन ट्विट्स

१२ मार्चमा सार्वजनिक भएको यो भिडियो नेपालमा हेर्न नमिल्ने बनाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामासम्बन्धी यो भिडियो अहिलेसम्म ३ करोड ४३ लाख ५२ हजार २ सय ५२ पटक हेरिएको छ ।

टप टेन गेमिङ भिडियो

१. क्लास अफ क्लेन- ८३,८८७,७९०

२. रियल जीटीए - २२,९५४, ०५८

३. स्टार वार्स ब्याट्लफ्रन्ट- २२, १७८, ८५०

४. फाइभ नाइट्स - २१,४९२,९८५

५. वार्निङ : यु विल डाइ - १९,९०५,०९७ 

६. डिस्कभर पोक्मन - १९,६७४,३०२

७. फेलाउट ४-  १८,२१८,२००

८. एल्डर्स प्ले ग्रान्ड-  १६,०९६,२६०

९. ह्यालो भीएस कल अफ ड्युटी - १३,४०५,४२५

१०. फाइनल फ्यान्टसी - १२,९८७,५१६

टप टेन एड्भरटाइजिङ भिडियो

१.क्लास अफ क्लेन्स - ८३,८८७,७९०

२. ह्युन्डाई - ६९,८१५, ५१०

३. लभ ह्याज नो लेभल्स- ५,३२७,६८२

४. बुम विच - ४९,३८३,४५४

५. एडिडास लियो मेसी- ४३,३४७,३०४

६.अलवेज लाइक गर्ल- ३८,०८६,३४२

७.ड्युरेक्स- ३७,४६०,८४९

८. सामसुङ ग्यालेक्सी एस ६ एण्ड एस ६ एड्ज- ३३,७०९,४७६

९. स्लाप हर- ३१,२२३,९३७

१०. बर्डवाइजर- ३०,४२९,१६

 

प्रकाशित :पुस २०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्