गोपिनीका फुल् वस्त्र लुकाएर

- राजेन्द्र थापा

पुस १३, २०७२

आजभोलि चोलीपछाडि कुन् दुशासन्ले काट्यो

तिघ्रामुन्तिरको पूरै वस्त्र कुन् दुर्योधन्ले छाँट्यो

गोपिनीका फुल् वस्त्र लुकाएर न्युड् हेर्ने कृष्णले

द्रौपदीलाई धोती दिए भनेर व्यासले क्या ढाँट्यो ।

०००

निद्राको सडकमा सपनाको सवारी

विवाहपहिले नै बच्चाको तयारी

हिन्दी सिरियलले गर्दा भन्नै गार्‍हो भो

कुनचाहिँ सासूआमा, कुनचाहिँ बुहारी ।

प्रकाशित :पुस १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्