महिनावारी सुरु भएको छैन

- डा. बालकृष्ण साह

पुस १२, २०७२

म १६ वर्षकी छात्रा हुँ । मेरा सबै साथीको महिनावारी सुरु भएको १–२ वर्ष भैसक्यो, तर मेरो महिनावारी अहिलेसम्म सुरु भएको छैन । अहिले मलाई अन्य कुनै समस्या छैन, तर महिनावारी सुरु नभएपछि भोलि गएर सन्तान नहुने पो हो कि चिन्ता लागिरहन्छ । ममा कुनै नराम्रो समस्या त छैन ?

ओ.

सामान्यत: १३–१५ वर्षको उमेर सम्ममा हरेक किशोरीमा महिनावारी सुरु हुन्छ, तर यो उमेर सम्ममा सुरु हुनैपर्छ भन्ने छैन । त्यसैले महिनावारी सुरु भएन भनेर आत्तिहाल्नु हुँदैन । महिनावारी नहुने यो समस्यालाई प्राइमेरी एमोनेरिया भनिन्छ । समयमा महिनावारी सुरु नहुने धेरै कारण छन् ।

महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि महिनावारी रोक्न सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा उत्पन्न अवरोधले पनि महिनावारी नभएको हुन सक्छ । कुन कारणले गर्दा महिनावारी नभएको हो पत्ता लगाउनुपर्छ । महिनावारी नहुने सबै महिलाले सन्तान पाउन सक्छन् भन्न सकिँदैन, तर कारण पत्ता लगाएर उपचार गरेको खण्डमा धेरैले सन्तान प्राप्त गर्न सक्छन् ।

 

प्रकाशित :पुस १२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्