आज मिस नेपालगन्ज -२०१५

- ठाकुरसिंह थारु

पुस ८, २०७२

मिस नेपालगन्ज–२०१५ को तयारी प्रारम्भ भएको छ । यो स्पर्धामा १३ जना युवती सहभागी छन् । जेनरेसन नामक संस्थाले आयोजना गरेको यो प्रतियोगिता २०११ प्रारम्भ भएको हो ।

प्रतियोगिताको यो तेस्रो संस्करण हो । मिस नेपालगन्ज–२०११ मा श्रेया बस्नेत तथा २०१२ मा कोहलपुर निवासी शिला बास्तोला विजेता भएका थिए । ५ फिट २ इन्चभन्दा अग्ला तथा १६ देखि २२ वर्ष उमेर समूहका अविवाहित एवं एसएलसी उत्तीर्ण युवतीहरूलाई यो प्रतिस्पर्धामा सहभागी गराइएको छ । प्रतियोगिताको फाइनल पुस ९ गते हुनेछ ।

प्रकाशित :पुस ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्