रजनी थापा बनिन् मिसेस हेरिटेज इन्टरनेसल–२०१५

- रोजिन शाक्य

मंसिर २९, २०७२

ईप्लानेटको आयोजनामा भारतको नयाँ दिल्लीमा मंसिर २६ गते सम्पन्न मिस हेरिटेज इन्टरनेसल प्रतियोगिताको मञ्चमा मिसेस हेरिटेज इन्टरनेसल–२०१५ को प्रतिस्पर्धा पनि सम्पन्न भएको छ ।

विवाहित महिलाहरूको प्रतिस्पर्धामार्फत् शान्ति, वातावरण, पर्यटन, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनलाई सशक्त र प्रभावकारी बनाउने हेतुले यस वर्षदेखि थालनी गरिएको यो प्रतियोगितामा नेपालकी रजनी थापाले मिसेस हेरिटेज इन्टरनेसल–२०१५ घोषित भएकी छिन् । प्रतिस्पर्धामा भारतकी डा. शिवाङ्गिनी मलेटिया फस्र्ट रनर्सअप तथा रूसकी ओल्गा शेभेलेभा सेकेन्ड रनर्सअप चयन भएका थिए । 

 

प्रकाशित :मंसिर २९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्