विवाहमा दुलाहाभन्दा दुलही अगाडि हुन्छिन्, किन ?

मंसिर २८, २०७२

विवाहपछाडि त पछि परिहाल्छन् नि । कम्तीमा विवाहमा भए पनि अगाडि देखिनुपर्‍यो नि ।

पविन्द्र केसी

अर्काको खुसीका लागि आफ्नो सबै थोक त्याग्ने मान्छे सधैं अघि नै हुनुपर्छ ।

महेश जोशी

असल नारीको काम पुरुषलाई असल मार्गको बाटो हिंडाउनु हो, त्यसैले ।

सूर्य थापा

खै, आफूलाई त थाहा छैन । त्यो कुरा भोग्नेहरूले बताउलान् नि ।

फडिन्द्र राई

केटीहरूको भर हुन्न, पछाडिबाटै भागे भने त सक्किगो नि ।

मदन 

महिलालाई प्राथमिकतामा राख्ने कामको सुरुवात गर्ने दिन भएकाले होला ।

उमेश पौडेल

जहाँ पनि महिलाले पहिलो प्राथमिकता पाउँछन् नि त ।

किशोर तिमिल्सना

घर सम्हाल्ने भनेको महिलाले नै हो भन्ने मानसिकता छ, त्यसैले अबदेखि यो घरको तिम्रो भयो भनेर जिम्मेवारी सुम्पिएको होला नि ।

युङ्जा मिजा

विवाहपछि सधैं दुलाहाले दुलहीको पछि लाग्नुपर्छ । त्यसैको अभ्यास होस् भनेर ।

निदी भट्टराई

फ्रीमा सपिङ गराउने मुर्गा भेटियो भनेर ।

मिस्टर डिसेम्बर

छोराभन्दा छोरी बढी जान्ने भएर ।

खगेन्द खत्री

विवाहको दिन मात्र त हो अघि लाग्ने । त्यसपछि त सधैं पछि लागिहाल्छन् नि ।

विवेक थुलुङ राई

सधैं दुलाहाको टाउकोमा चढेर बस्नु भनेर हो नि, त्यति पनि थाहा छैन ?

बाबु सापकोटा

विवाह गरेर गएपछि अब पुरुषहरूको महत्त्व पछाडि हुनेछ भनेर संकेत गरिएको होला नि ।

डिल्लीराज पाण्डे

घरमा लक्ष्मी आओस् भनेर ।

तेजबहादुर भण्डारी

दुलहीको माग बढी हुने भएर ।

लक्ष्मण थापा

महिलालाई प्राथमिकता दिन ।

सुमित थापा

यही एउटा प्रश्न बारम्बार सोध्नुहुन्छ, किन ?

सुसन राई

आँखाभरिकी स्वास्नी, मुटुभरीको धन भएर होला नि ।

बादल शर्मा

दुलही लडिन् भने सहारा दिन ।

सुरेश

दुलहीलाई पछाडि राख्दा भागेर जान्छिन् भनेर अघि लगाइएको होला । 

अशेष राजवंशी

दुलही लक्ष्मी हुन् नि त ।

गणेश सुवेदी गरिमा

खै, मलाई त थाहा भएन ।

चर्क गुरुङ तमु

महिलाहरू सधैं अघि नै छन् । विवाहमा मात्र होइन ।

कमल परदेशी

दुलहीको पुरानो केटासाथीले भगाउँछ भन्ने डरले ।

सागर घिमिरे

सचेतनाका कारणले हो कि ?

सचत 

जिन्दगीको नयाँ बाटो देखाउन ।

मानसिंह घर्तीमगर

उचाइ मिलाएर हिंड्न हो कि ?

सन्जी चगौठी

हाम्रो पितृ सत्तात्मक समाजमा महिलाले माइती घर छोडेर श्रीमान्को घर जानैपर्छ । नगए माइतीको बेइज्जत हुन्छ भन्ने मान्यताका कारण ।

मित्र बराल

महिलालाई देवी, लक्ष्मी आदिका रूपमा पुजिने हुनाले ।

पवन वर्षा शाह

महिलाहरू विभिन्न नाममा अधिकार खोज्छन् । यहाँ पनि त्यही अधिकार खोजिएको होला ।

शिव बिँडारी

पछाडि भइन् भने मण्डप छोडर भाग्छिन् भनेर । 

सुनिल जोशी

जहिले पनि महिलाको नाम अगाडि, ठाउँ अगाडि अनि विवाहमा हिंड्ने पनि अगाडि ।

सीताराम, राधाकृष्ण, लक्ष्मी विष्णु

हाम्रा देवताले नै महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने सिकाए हामीले पनि त्यसै गरेको नि ।

कमल कार्की

महिलालाई प्राथमिकता दिएको होला नि ?

सोनम कोसिस शेर्पा

 

प्रकाशित :मंसिर २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्