रिल र रियलमा फरक छ

- सुव्रत आचार्य

मंसिर २३, २०७२

आस्मा डिसी, नायिका

आस्मा भिजे कि नायिका ?

पहिले मात्र भिजे, अहिले भिजे प्लस नायिका । मलाई नायिकाभन्दा पनि अभिनेत्रीका रूपमा चिनिन मन लाग्छ । 

चलचित्रमा कसरी आइयो ?

म टिभी फिल्मीमा देखिन थालेपछि चलचित्रका थुप्रै प्रस्ताव आए, मैले मानिरहेकी थिइनँ । निर्मात्री कृषा चौलागाईंले सुनाएको एउटा स्क्रिप्ट यति धेरै राम्रो थियो कि नाइँ भन्न सकिनँ, विडम्बना उक्त चलचित्र निर्माण नै भएन ।

चलचित्र नै नबनेपछि नायिकाचाहिँ कसरी बनियो त ?

निर्देशन तथा सम्पादक सुरेन्द्र पौडेलले आभासको स्क्रिप्ट सुनाएपछि मैले आफूलाई त्यो भूमिकामा देखेँ, अनि उक्त चलचित्रमा काम गरियो ।

टेलिभिजनकर्मी पनि अनायसै बन्नुभएको थियो क्यार ?

फुर्सदका बेला प्रशिक्षण लिइरहनुपर्‍यो भनेर लागेकी थिएँ, पछि मलाई यसमै लगाव बढ्यो । काम गर्दै गएपछि मात्र अनुभूति भयो कि आइ लाइक इट । 

कतिवटा चलचित्रमा नायिका हुनुभयो ?

नाइँ नभन्नु ल–३ पनि जोड्ने हो भने तीनवटा पुग्यो । 

ती तीनवटामा रेखा थापाको रामप्यारी पनि पर्छ ?

हो, पर्छ ।

रेखाका चलचित्रमा अरू नायिका हुँदैनथे, तपाईं नै पहिलो नायिका हुनुभयो हैन ?

वास्तवमा रेखा थापालाई अरू नायिका त के नायक पनि चाहिँदैन । उहाँ एक्लै आफ्नो काँधमा बोकेर चलचित्र चलाउन सक्षम हुनुहुन्छ । म पहिलो पटक उहाँले निर्माण गरेको चलचित्रकी अर्की नायिका भएर काम गर्न पाएकोमा आफूलाई भाग्यमानी मान्छु ।

कसरी हुनुभयो रामप्यारीमा नायिका ?

आभास रिलिज भएको एक हप्ता भएको थियो । निर्देशक सबिर श्रेष्ठ टिभी फिल्मीको कार्यालयमा आएर रेखा थापाकी बहिनीको भूमिकाका लागि अफर गर्नुभयो । 

दुईवटा चलचित्र संयम पुरीसँग काम गरेपछि तेस्रोमा उनीसँग काम नगर्दा कस्तो भयो ?

संयमसंग काम गर्न सहज भए पनि मलाई कुनै पनि नयाँ काम गर्दा के होला भन्ने डर लागिरहन्छ । सबिर श्रेष्ठले मलाई निकै सजिलो तरिकाबाट सिकाउनुभयो । उहाँलाई कलाकारबाट काम निकाल्न आउँदो रहेछ ।

संयमसँग प्रेम गर्ने अनि रामप्यारीमा अर्को नायकसँग अभिनय गर्दा असहज लागेन ?

यही त हो नि रिल लाइफ र रियल लाइफ भनेको ।

अब विवाह भोज कहिले ख्वाउने ?

अहिले त म सानै छु । पढाइ पनि बाँकी नै छ । काम पनि धेरै गर्नु छ । महत्वपूर्ण कुरा त यो क्षेत्रमा स्थापित हुनु छ ।

संयमसँग प्रेम गर्दाचाहिँ सानै छु जस्तो लागेको थिएन ?

प्रेममा पर्नु र विवाह गर्नु फरक कुरा हुन् । 

संयम बाहेक ह्यान्डसम लाग्ने तीन नायक ?

संयम त छुटाउनै मिल्दैन । अरू दुई जनाचाहिँ आर्यन सिग्देल र अनुपविक्रम शाही ।

प्रकाशित :मंसिर २३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्