रक्तचापबाट कसरी मुक्ति पाउने ?

- साप्ताहिक संवाददाता

मंसिर २१, २०७२

- सुत्ने र उठ्ने समयमा तालमेल मिलाउने ।

- बिहान नित्य कर्म सकेपछि योग, ध्यान र मनिङ वाक गर्ने ।

- योगासनमा, सूर्य नमस्कार स्वास प्रश्वासलाई ध्यान दिएर बिस्तारै गर्ने, आसनमा शवआसन बढी गर्ने, र योगनिद्रा, प्राणयाममा अनुलोम बिलोम, भस्त्रिका मन्दगति गर्ने तथा भ्रामरी, ओमकार नाद र चन्द्र स्वर बढी गर्ने । 

-  मनमा कुरा नखेलाउने ।

- माछामासु, कोलडिक, अल्कोहल जन्य खाना कम गर्ने ।

- कहिलेकाहीँ मौन व्रत लिने ।

-  चिल्लो पिरो, अमिलो र तारेको भुटेकोबाट टाढा रहेन ।

- फलफूलमा अनार नखाने ।

- नुन कम गर्ने । नुनको सट्टा सागसब्जीबाट उत्पन्न नुन ग्रहण गर्ने ।

- चिनी, मैदाजन्य खाना त्याग गर्ने । यिनीहरूको सट्टामा किसमिस, मह, खजुर र सख्खर प्रयोग गर्ने ।

-  बिहान–बेलुका दुवै समय सलाद खानु लाभप्रद हुन्छ ।

- कागती, भुइँकटहर, गोलभेंडा तथा अमलाजस्ता भिटामिन ‘सी’ युत फल लाभदायक हुन्छ ।

- दूध, दही र मोही खाने । त्यसमा पनि मोही सबै भन्दा  लाभदायक हुन्छ ।

- हल्का मालिसले पनि यो  रोगमा लाभ पुग्छ ।

- चिन्ता, रिस, कोध्र र प्रतिशोधबाट टाढा हुने प्रयास गर्ने ।

- मोटो मानिसले भात, चिनीका साथै अन्य गुलिया पदार्थ कम गर्नुपर्छ ।

 

प्रकाशित :मंसिर २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्