मोडलिङमा रानी

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७२-

१७ वर्षीया रानी खरेल यसै वर्षदेखि मोडलिङमा सक्रिय भएकी हुन् । दसैंअघि सम्पन्न रनवे मोडल–२०१५ मा प्रतिस्पर्धा गरेर ग्ल्यामरको क्षेत्रमा प्रवेश गर्ने रानी उक्त प्रतियोगिताको उत्कृष्ट ५ सम्म पुग्न सफल भएकी थिइन् ।

‘मोस्ट एक्टिभ’ को शीर्षक एवार्डसमेत जितेकी रानी ५ फिट ३ इन्च अग्ली छिन् । मोडलिङमा स्थापित हुँदै चलचित्रसम्मको यात्रा तय गर्ने लक्ष्य लिएकी बिर्तामोड, झापाकी स्थायी बासिन्दा रानी स्नातक तह अध्ययनरत छिन् । केही महिनापछि सम्पन्न हुने नेपाल फेसन आइकन–२०१५ मा असिस्टेन्ट कोरियोग्राफरको जिम्मेवारी पूरा गर्ने क्रममा रहेकी रानीलाई र्‍याम्प मोडलिङसहित म्युजिक भिडियोमा समेत अभिनय गर्ने चाहना छ ।

नृत्य एवं गायनकी सौखिन रानी फेसनेबल पनि छिन् । फुर्सदमा चलचित्र हेर्न रुचाउने रानी यतिबेला नृत्य तथा अभिनयको प्रशिक्षणसमेत लिइरहेकी छिन् । मोडलिङ र अभिनयका सबै विधामा लिएको प्रशिक्षण भविष्यमा समेत उपयोगी हुने उनको तर्क छ ।

 

प्रकाशित :मंसिर १७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्