जेनिफर भइन् व्युटिफूल नेपाल

- साप्ताहिक संवाददाता

मंसिर १६, २०७२

दक्ष इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा जेनिफर विङदेलले मिस व्युटिफुल नेपाल–२०१५ को उपाधि जितेकी छिन् । 

जेनिफरले मुख्य उपाधिसहित वेष्ट स्कीनको उपाधि पनि जितेकी छिन् । १२ जना युवतीहरुबीच भएको उक्त प्रतियोगितामा सिर्जना राईले फष्ट रनर्सअपसहित मोष्ट चार्मिङ, नितु बञ्जराले सेकेण्ड रनर्स अपसहित मिस कन्जिनियालिटी तथा व्युटी विथ पर्पस, अलिना केसीले थर्ड रनर्स अपका साथै फेसबुक च्वाईस र फोटोजेनिक तथा कविता गौतमले फोर्थ रनर्सअपका साथमा  मोस्ट ट्यालेण्टको शीर्षक उपाधि जित्न सफल भए ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सिर्जना शर्माले पपुलर र क्याटवक, अलिसा थापाले फ्रेण्डली, लीना पुन मगरले डिसिप्लेन, उमा झाले फिजीक, सपना श्रेष्ठले

फिटनेश, अमिरा श्रेष्ठ हेयर तथा सजना माझीले वेष्ट स्माइलको उपाधि जित्न सफल भएका छन् । 

 

प्रकाशित :मंसिर १६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्