स्वप्न वाटिकाको विमोचन
मंसिर १४, २०७२
गीतकार डा. नवि अधिकारी ‘टाकिन्द्र’ ले रचना गरेका आधुनिक गीतहरुको पहिलो एल्बम ‘स्वप्न वाटिका’ सार्वजनिक गरिएको छ ।
गोल्डेन क्रियशनले आयोजना गरेको सांगीतिक समारोहमा गीतकार डा.कृष्णहरी बरालले उक्त एल्बम विमोचन गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य गर्दै गीतकार डा. नवि अधिकारीले ‘स्वप्न वाटिका’ लेखन र निर्माणको क्षणहरुलाई उजागर गरे । उनले आफ्नो आमाको प्रभावबाट गीतिलेखनमा लागेको बताउँदै आफ्नी जीवनसंगीनी डा. मन्दिरा अधिकारीको साथले ‘स्वप्न वाटिका’ निर्माण भएको बताएका थिए ।
‘स्वप्न वाटिका’ भित्र डा. नवि अधिकारी ‘टाकिन्द्र’को एकल रचना रहेको छ भने डा. मन्दिरा अधिकारी यस एल्बमको प्रस्तुतकर्ताको रुपमा रहेकी छन् । एल्बमभित्र संगीतकार सन्तोष श्रेष्ठ, शक्ति बल्लभ, अविदको संगीत रहेको छ भने अन्जु पन्त, मनोजराज, राजेशपायल राई, शिशिर योगीको स्वर समावेश गरिएको छ ।
प्रकाशित :मंसिर १४, २०७२















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्