Teej banner

भोली प्रदर्शित हुने चलचित्र कबड्डी–कबड्डी (ट्रेलर सहित)

मंसिर १०, २०७२

सिक्वेल अर्थात् चलचित्रको श्रृंखला बनाउने चलन नेपाली चलचित्र क्षेत्रमा पनि बढ्दो छ । सफल चलचित्रको सिक्वेल बनाउँदा दर्शक फेरि ओइरिने विश्वास चलचित्रकर्मीहरूमा छ । गत वर्षको सफल चलचित्र ‘कबड्डी’को सिक्वेलका रूपमा भोली शुक्रबार ‘कबड्डी–कबड्डी’ रिलिज हुँदैछ ।

दयाहाङ राईका साथमा सौगात मल्लले अभिनय गरेको चलचित्र ‘लुट’ले सफलताको कीर्तिमान राखे पनि त्यसपछि उनीहरूले सँगै काम गरेका चलचित्रले खासै सफलता पाएनन् । ‘कबड्डी–कबड्डी’मा यी दुईलाई फेरि एकसाथ देख्न पाइनेछ । लुटका निर्देशक निश्चल बस्नेतले नै निर्माण गरेको यो चलचित्रको ट्रेलरले समेत दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाएको छ । 

कबड्डीकै कलाकार दयाहाङ, रिश्मा, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की, पशुपति राईका साथ सौगात मल्ल पनि भएकाले अघिल्लो कबड्डीभन्दा कबड्डी–कबड्डीमा मनोरञ्जनको खुराक बढी भएको अनुमान गर्न सकिन्छ । कवि तथा लेखक उपेन्द्र सुब्बाका साथमा निर्देशक रामबाबु गुरुङले लेखेको यो चलचित्रलाई मुस्ताङका रमणीय पृष्ठभूमिमा खिचिएको छ । काजी अर्थात् दयाहाङले मन पराएकी युवतीलाई गाउँमा आएको बमकाजी अर्थात् सौगात मल्लले पनि मन पराउन थालेपछि उत्पन्न परिस्थितिलाई चलचित्र कबड्डी–कबड्डीमा रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ ।

निर्देशक : रामबाबु गुरुङ 

संगीतकार : कालीप्रसाद बास्कोटा

कलाकार : दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, रिस्मा गुरुङ आदि । 

कबड्डी–कबड्डीको ट्रेलर

प्रकाशित :मंसिर १०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्