बालबालिकाका लागि खेलखेलमा पढाइ

- एजेन्सी

मंसिर ९, २०७२

coolmath4kids.com

यो वेबसाइटमा बालबालिकाहरूका लागि गणितमा आधारित रोचक गेम छ । फिजिक्स, टिग्नोमेट्री, ज्यामेट्री र विज्ञानसँग जोडिएका विषय यो गेममा समेटिएको छ । यदि गणितदेखि डर लाग्छ भने, त्यसको पनि विकल्प छ–कलरिंग बुक । 

schoolexpress.com

यो आफ्नो विषयगत ज्ञान बढाउन उपयुक्त वेबसाइट हो । यसमा भूगोल, इतिहास, विज्ञान, गणित, समाजशास्त्रजस्ता कुनै पनि विषयको जानकारी फेला पर्छ । १६ हजारभन्दा बढी डाउनलोड गर्न मिल्ने वर्कसिट्स भएको यो वेबसाइटमा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीका निम्ति उपयोगी सामग्री प्राप्त हुन्छ । 

dositey.com

यो वेबसाइटको फ्री एक्टिभिटिज सेक्सनमा यस्तो गेमको भण्डार छ, जसबाट शिशुले केही न केही नयाँ कुरा सिक्न सक्छन् । यदि मस्तिष्कको कसरत गराउने हो भने यसमा रहेको गणितीय गतिविधिमा सामेल हुन सकिन्छ । यसमा समय बिताउन खेलिने सामान्य खेलदेखि चुनौती मोल्न चाहने विद्यार्थीका लागि दिमागी कसरतको गेम पनि छ । 

learningplanet.com

यो वेबसाइटमा विद्यार्थीका लागि मात्र होइन, शिक्षकका लागि पनि प्रशस्तै सामग्री छन् । यसमा जुनियरदेखि सिनियर तहका विद्यार्थीका लागि उपयोगी शैक्षिक सामग्री फेला पार्न सकिन्छ । पूर्व प्राथमिक तहका विद्यार्थीहरूले यसमा खेलको माध्यमबाट शिक्षा आर्जन गर्न सक्छन् । यहाँ उनीहरूले खेल्न सक्ने सरल किसिमका खेलहरू छन् । जस्तो अक्षरहरू आकाशबाट उड्दै आउँछन् र त्यसलाई विद्यार्थीले टोकरीमा थाप्नुपर्छ । यसवाट विद्यार्थीले अक्षर र अंकसम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् ।

 

प्रकाशित :मंसिर ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्