करिश्माको फागुको ट्रेलर र गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २, २०७२

नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरले निर्माण गरेको फागुको फष्टलुक, गीत र ट्रेलर नमस्ते टिभी कार्यक्रम मार्फत् सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक संझना उप्रेती रौनियार र नायिका मानन्धरले संयुक्त रुपमा फष्ट लुक सार्वजनिक गरेका हुन् । 

फागुन ७ गतेवाट देशब्यापी प्रदर्शनमा आउने फागुको कथा तराई मुलकी युवतीको कथामा आधारित रहेको छ । जसको कारण छठ पर्वको अवसर पारेर यसको फष्ट लुक, ट्रेलर र एउटा गित सार्वजनिक गरेको निर्देशक रौनियारले बताईन् । 

दुई आँखा चार भो बोलको गीतमा प्रल्हाद तिमिल्सिना र मिना निरौलाले स्वर भरेका छन् भने नृत्य निर्देशन कमल राईले गरेका छन् । यो चलचित्रवाट सुवास पराजुलीले नायकको रुपमा डेब्यु गरेका छन् भने नायिकामा शिल्पा पोखरेल रहेकी छिन् । चलचित्रमा राजेश हमाल, गौरी मल्ल, प्रमोद अग्रहरी, बसन्त भट्टले समेत अभिनय गरेका छन् ।

फागुको ट्रेलर 

फागुको दुई आँखा चार भो गीत

 

प्रकाशित :मंसिर २, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्