सुमनको कमब्याक
कार्तिक ३०, २०७२
रोमान्टिक शैलीका गीत गाएर स्थापित भएका गायक सुमन शेखर मानन्धर यसपटक सेन्टिमेन्टल गीत लिएर स्रोतामाझ आएका छन् ।
‘कान्छीको लजाउने बानी’, ‘सोह्र वर्षे तिम्रो’, ‘चञ्चले नानी चुल्बुले बानी’ जस्ता रोमान्टिक गीतका सर्जक सुमन शेखर एक दशकअघि नै स्रोतामाझ लोकप्रिय थिए । तर, आठ वर्ष अगाडी सार्वजनिक भएको ‘मेरो देश नेपाल...’ पछि उनको स्वरमा सजिएको नयाँ गीत सुन्न पाइएको छैन । लामो समयपछि सुमन नयाँ एल्बम लिएर उपस्थित भएका छन् ।
एल्बमको शीर्षक ‘रंगीचङ्गी फूलहरु’ जुराइएको छ । यसपटक समुनले गम्भिर प्रकृतिका गीत गाएका छन् । ‘उदास उदास’ गीतले कालीप्रसाद रिजालको शब्द र दीपक जंगमको संगीतको यो गीतमा आफ्नो प्यारो मान्छे गुमाउनु पर्दाको पीडा पोखिएको छ । ग्याल्मर नेपालको युट्युब च्यानलबाट वल्र्ड वाइड रिलिजे गरिएको या भिडियोलाई सहेन्द्र श्रेष्ठले निर्देशन गरेको हुन् भने दिवश उप्रेती र वेनिषा हमालले अभिनय गरेका छन् । ‘रंगीचङ्गी फूलहरु’ मा १० वटा गीत सुन्न पाइन्छ, यसमा उर्दू गजल पनि समावेश गरिएको छ ।
भिडियोको लिंक :
प्रकाशित :कार्तिक ३०, २०७२
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्