शान्ताको बाचा सार्वजनिक

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७२

गायिका शान्ता जिसीले गाएका आधुनिक गीतहरुको संग्रह ‘बाचा’ काठमाडौंमा लोकार्पण गरिएको  छ । संगीतकार शक्ति बल्लभ, गीतकार डा.कृष्णहरी बराल, संगीतकार सन्तोष श्रेष्ठसहितको समुहले सात वटा गीतहरु संग्रहित एल्बम सार्वजनिक गरेका हुन् ।

समारोहमा गीतकार डा.कृष्णहरी बरालले गायिका शान्ता जिसीको गायन प्रतिभाको प्रसंसा गरेका थिए  । प्रमुख अतिथी संगीतकार शक्ति बल्लभले नेपाली सांगीतिक क्षेत्रमा सुगम संगीतले पाएको लोकप्रियताको प्रसंसा गर्दै ‘बाचा’ एल्बममा समावेश गीतले स्रोताको मन जित्ने आशा व्यक्त गरे ।

समारोहमा गायिका जिसीले विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेपनि गीति एल्बम तयार पार्न समय लागेको स्पष्ट पारिन् । केही वर्षदेखि श्रीमान्संगै जापानमा बसोबास गर्दै आइरहेकी गायिका जिसीले बुटबलको बागेश्वरी संगीतालयबाट संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेकी हुन् । ‘बाचा’ एल्बमलाई बागेश्वरी संगीतालयले नै प्रस्तुत गरेको हो । एल्बमका केही गीतमा गायिका जिसीका सांगीतिक गुरु सुरेश सेन्चुरीको शब्द तथा संगीत पनि सुन्न सकिन्छ ।  

एल्बमका गीतका डा.कृष्णहरी बरालले रचना गरेका दुई वटा गीतहरु समावेश छन् । ती मध्ये ‘बाचा बाचा...’ गीतको म्युजिक भिडियो समारोहमा प्रिमियर गरिएको थियो । एल्बमका अन्य गीतमा सन्तोष श्रेष्ठ तथा बीबी अनुरागीको संगीत निर्देशन छ भने सुमन श्रापित, शोभा पुन, कमला क्षेत्री तथा सुरेश सेन्चुरीले पनि एल्बमका गीत रचना गरेका छन् । 

 

प्रकाशित :कार्तिक २४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्