नङसम्बन्धी रोचक तथ्य

- राजु महर्जन

कार्तिक १६, २०७२

लि रिडमोड 

विश्वको सबैभन्दा लामो हातेनङका रूपमा गिनिज बुकमा नाम राख्न सफल अमेरिकाको उताह राज्यकी लि रिडमोडले सन् १९७९ देखि आफ्ना दुवै हातका नङ पाल्न थालेकी थिइन्  । उनको नङ २८ फिट ४ दशमलव ५ इन्च लामो थियो  । सन् २००९ मा एउटा सडक दुर्घटनामा परेर उनले दुवै हातका नङ गुमाएकी थिइन्  ।

श्रीधर चिल्लाल 

सबैभन्दा लामो हाते नङको विश्व कीर्तिमान राख्न सफल भारतका श्रीधर चिल्लालले सन् १९५२ देखि आफ्नो एउटा हातमा नङ पाल्न सुरु गरेका थिए  । उनको नङ २० फिट २ दशमलव २५ इन्च लामो थियो  । विश्व कीर्तिमान राख्न सफल भए पनि नङको तौल थाम्न नसकेर उनी आंैला चलाउन नसक्ने अवस्थामा पुगेका थिए  । अन्तत: उनले सन् २००० मा आफ्ना नङ काटेका थिए  । 

ज्याज आइसन सिंकफिल्ड 

अमेरिकाको एटलान्टा सहरकी श्रीमती ज्याज आइसन सिंकफिल्डको हातेनङ २४ इन्च लामो छ  । उनी आफ्ना ती नङको हेरचाह गर्न हरेक महिना २ सय ५० डलर खर्च गर्छिन्  ।

लुइस होलिस 

सबैभन्दा लामो खुट्टे नङ भएकी महिला अमेरिकाको क्यालिफोर्निया राज्यकी लुइ होलिस हुन्  । उनको खुट्टाको नङ ६ इन्च लामो छ  । 

विन जियन 

विगत १४ वर्षदेखि आफ्नो मानसिक अवस्था नियन्त्रणका लागि बायाँ हातमा नङ पाल्दै आएका व्यक्ति हुन्– चीनका विन जियन  । चान्जल, फुजियनका, ४२ वर्षीय जियनको नङ १४ इन्च लामो छ  । 

मेल्भिन फिजिल वुथी 

लामो हातेनङको विश्व कीर्तिमान राख्ने व्यक्ति अमेरिकाको मिसिगनका मेल्भिन फिजिल वुथी हुन्  । उनको नङ ३२ फिट ३ दशमलव ८ इन्च लामो थियो  । उनको मृत्यु डिसेम्बर २१, सन् २००९ मा भएको थियो  । 

लासिट्टा एड्म 

अक्टोबर १९९७ मा अमेरिकाको टेक्सास राज्यका ४३ वर्षीय लासिट्टा एड्मले एउटा बाजी हारेका कारण आफ्ना हातको नङ काटेका थिए  । उनको एउटा नङ ३५ इन्च लामो थियो  । 

डी एड्म 

अमेरिकाको सिकागो सहरका डी एड्मलाई उनले पालेको नङकै कारण गृहनगरको पर्यटन प्रवद्र्धन गर्ने जिम्मेवारी दिइएको छ  । 

बारबार विंग 

अमेरिकाको साल्टलेक सहरका बारबार विङ्गको नङले विश्व कीर्तिमान नराखे पनि उनको नङ बलियो र राम्रो छ  । उनले विगत १५ वर्षदेखि नङ पाल्दै आएका छन्  । 

स्रोत : इन्टरनेट

 

प्रकाशित :कार्तिक १६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्