आफ्नो शरीरको ख्याल गर्ने सरल तरिका

कार्तिक १३, २०७२

- शिशुलाई घुमाउन आफन्तकहाँ पठाउनुहोस्  । यसो गर्नाले बालबालिकाले पनि राम्रोसँग समय बिताउन पाउँछन् भने तपाईंले पनि एकान्त पाउनुहुनेछ  ।

-  बिदाको समय ब्युटी सैलुन गएर स्पा, बडी मसाज वा मेनिक्योर गराउनुहोस्  । स्वयं आफैंलाई प्राथमिकता दिने बानी बसाउनुहोस्  । जे गर्नुहुन्छ, आफ्नो खुसीका लागि गर्नुहोस्  । 

- जब थकान महसुस हुन्छ, दस पटक लामो सास लिनुहोस्, जसले गर्दा शरीरमा पर्याप्त अक्सिजन पुगोस्  । 

- शरीरमा पानीको कमीले थकान महसुस हुन्छ, यसैले एक गिलास बरफ पानीमा कागतीको रस हालेर स्वाद अनुसार चिनी वा नुन मिसाएर पिउनुहोस्  । यसबाट तत्काल इनर्जी प्राप्त हुन्छ  । 

- आफूलाई मन पर्ने कामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस्  ।

 

प्रकाशित :कार्तिक १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्