तिहारसम्म पनि नाकाबन्दी भैरहे के होला ?

- सुव्रत आचार्य

कार्तिक १३, २०७२

हामीले एउटा छिमेकीलाई चाहिनेभन्दा बढी टाउकोमा टेकायौं  । उसलाई मात लाग्यो, हाम्रो भने विवेक हराउँदै गयो  । अहिले बिउँझिएको अवस्था छ  । तिहारमा दाउराको आगोमा थोरै भए पनि सेल पकाएर खुसी हुन्छौं होला, तर अब फेरि कसैले पनि कहिल्यै नाकाबन्दी लगाउन नसक्ने नीतिका बारेमा सोचिनुपर्छ  । 

राम सिटौला, संगीतकार

तिहारमा पनि नाकाबन्दी भैरह्यो भने घर–व्यवहार नै अकल्पनीय रूपमा कष्टकर हुनेछ, तर भावनात्मक रूपमा भने हामी अझ दह्रो हुन्छौं  । 

हेमन्त राना, गायक

आफ्नै बारीको उब्जनीलाई दाउरामा पकाएर खाइन्छ  । तिहारमा तास खेल्न गोजीचाहिँ बन्द नभए हुन्छ  । 

विष्णु सुवेदी, टेलिभिजनकर्मी

तिहारसम्म पनि नाकाबन्दी भैरहे सबैभन्दा राम्रो तिहार नेपाल आयल निगमका कर्मचारीको हुनेछ  । मैले सुनेको धेरै पैसा तिरे ग्यास र पेट्रोल पाइन्छ रे !

डिजे राजु

नो देउसी, नो भैलो, सबै हुनेछ खल्लो  ।

नम्रता श्रेष्ठ, नायिका

हामी नेपालीले दु:ख सहन सिकिरहेका छौं  । योभन्दा दु:ख भए पनि सहेरै त बस्ने हो नि  । सहन मात्र आउँछ हामी नेपालीलाई  ।

आगन्तुक खरेल, गायिका

यो पाली चाइनिज भाषा सिकेर चीनको बोर्डरमा गएर देउसी खेल्नुपर्ला  । अर्को वर्ष चीन र भारत दुवैलाई नेपालमा देउसी खेल्न बोलाउने  ।

अनुराग कुँवर, अभिनेता

नाकाबन्दी भैरह्यो भने तिहारमा मीठो खान नपाएर ‘मुखाबन्दी’ गर्नुपर्छ अनि तिहारमा बन्दी भएर बस्नुपर्छ  । 

दीपाश्री निरौला, हास्य अभिनेत्री

धेरै दाजुभाइ आफ्ना दिदीबहिनीहरूको हातको टीकाबाट वञ्चित हुनेछन्  । अनि कालोबजारियाहरूले देश चलाउनेछन्  । 

भोजबहादुर गुरुङ, निर्देशक

पारि उनीहरूले दिवाली मनाउने छन्, वारि हाम्रो ‘दिवाला’ निस्कनेछ  ।

रिस्ता बस्नेत, नायिका

यसपालिको दसैंजस्तो तिहार पनि दिक्कलाग्दो हुने पक्का छ  ।

कमलमान सिंह, गायक

दसैंमा बुवा र आफन्तहरूको हातबाट टीका थाप्न पाइएन, तिहारमा भाइटीकाका दिन निधार रित्तो हुने भयो  । 

प्रमोद अग्रहरि, अभिनेता

तिहारमा पनि नाकाबन्दी भैरह्यो भने हामी नेपाली ठहर्छौं  । नेपाली हौं भने सामूहिक रूपमा सिंहदरबार, बालुवाटार र शीतल निवास घेर्नुपर्छ  । होइन भने राष्ट्रियता बेचे हुन्छ  ।

भुपेन्द्र खड्का, गीतकार

नेपालीहरूले पटाका पड्काउन पाउँदैनन्, किनभने अघिल्ला वर्षहरूमा पटाकाको कालोबजारी गर्नेहरू यसपटक ग्याँस र पेट्रोलको कालोबजारीमा व्यस्त छन्  ।

प्रकाश सुब्बा, कलाकार

 

प्रकाशित :कार्तिक १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्