कन्दराको राष्ट्रिय गीत सार्वजनिक

- साप्ताहिक संवाददाता

कार्तिक १०, २०७२

लोकप्रिय सांगीतिक समूह ‘कन्दरा’ नयाँ राष्ट्रिय गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ ।

‘के पहाड के तराई के हिमाल...’ शीर्षकको यो गीतमा ब्याण्डका गायक विवेक श्रेष्ठको स्वर छ भने सुनिल थापाले यसलाई संगीतबद्ध गरेका हुन् । थापा नै यो गीतका रचनाकार पनि हुन् ।

‘यो गीतमार्फत हामीले राष्ट्रिय एकताको कुरा गरेका छौं, गायक श्रेष्ठ भन्छन्— ‘नेपालका हिमाल, पहाड तथा तराईमा बसोबास गर्ने सबै नेपाली एक हुन् भन्ने सन्देश पनि दिन खोजेका छौं ।’ हिमाल जोशीले निर्देशन तथा सम्पादन गरेको यो भिडियोका छायांकार शिवराम श्रेष्ठ हुन् ।

भिडियोमा कन्दरा ब्याण्डका संगीतकर्मीहरु नै प्रस्तुत भएका छन् भने नेपालका विभिन्न प्राकृतिक सौन्दर्य झल्कने तस्बिरहरु समेत प्रयोग गरिएको छ ।  स्टेरियो रेकर्ड्सले बजार व्यवस्थापन गर्ने कन्दराको नयाँ एल्बममा यो गीत समावेश हुनेछ । स्टेरियो रेकर्ड्सका प्रवन्ध निर्देशक आशिष पराजुलीका अनुसार देशको अप्ठ्यारो परिस्थितीका कारण दसैंअघि नै बजारमा आउनु पर्ने कन्दराको नयाँ एल्बम तिहारलगत्तै बजारमा उपलब्ध हुनेछ ।

प्रकाशित :कार्तिक १०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्