दसैं कसरी मनाउने मुडमा हुनुहुन्छ ?

आश्विन २४, २०७२

 

यस्तो छ देशको स्थिति, के दसैं मनाउने कुरा गर्नु र ?

समपर्ण

 

घोर्ले भाले काटेर खाने हो ।

राजेश खड्का

 

आफू त भूकम्पपीडित परियो । न घर छ, न हातमा पैसा नै छ । बेहाल पारामा मनाइन्छ यसपालि त दसैं पनि ।

जीवन कुँवर

 

दिनभर काम गरिन्छ, राति कोठामा आएर दसैंको गीत बजाएर नाचिन्छ । 

बिन्दास ब्रो

 

आफू त विदेशमा छु । ड्युटी गर्छु । फुर्सद छैन । ड्युटी सकेर आफूसँग जे छ त्यही खाएर बस्छु । हामी परदेशीको दसैं यस्तै त हो नि ।

विजय ठागु गुरुङ

 

ग्यासै नपाइएला जस्तो छ । के–को दसैं मनाउनु ?

कुमार बुढाथोकी

 

दिनभर फेसबुक चलाउने, बस्ने । अरू खासै केही होला जस्तो छैन ।

जय बुढाथोकी

 

साइकल र्‍याली गरेर मनाउनुपर्ला ।

सन्तोष खरेल

 

ढिँडो खाएर, भारतको विरोध गरेर मनाउने ।

विष्णु

 

मिठो, मसिनो खाएर मनाउने सोचमा छु । आफ्नै रगत–पसिना बगाएर उब्जाइएको अन्न खाएर ।

प्रकाश भण्डारी

 

मधेसको माग पूरा नभएसम्म दसैं पनि रमाइलो हुँदैन होला । खै कसरी मनाउनु ?

रुमन मिश्र

 

तास खेलेर, घुमघाम गरेर मनाइन्छ ।

अमेन

 

नेपाली स्याउको प्रसाद, लोकल खसीको मासु अनि चाइनिज ब्रान्डी खाएर मनाइन्छ । कलब्रेक पनि खेलिन्छ । 

सागर घिमिरे

 

खोइ दसैं नै यो पालि दसा बनेर आउँछ जस्तो छ ।

विनोद खतिवडा

 

दसैं सम्म त खाने-बानी नै हटिसक्ला, अहिले नै ग्यास नभएर एकछाके भैसकियो, यही अवस्था रहने हो भने दसैं निराहार व्रत बसेर मनाउने विचारमा छु म त ।

राजन विवस

 

लोकल खसीको मासु, आफ्नै बारिको काक्राको आचार, सेल, फिनिरोटीको प्रसाद अनि चाइनिज ब्रान्डी साथमा फलास र म्यारिज । यति गर्न कसैको नाकाबन्दीले केही लछारपाटो लगाउँदैन ।

सविन खनाल

 

देस को यो हालत छ के दसैं  मनाउनु र खै ?

खगेन्द्र पन्थ

 

दूध र चिउरा खाएर मनाउने हो । नुनको जरुरत नै पर्दैन । नाकाबन्दी भए पनि फरक पर्दैन ।

गोपाल पौडेल

देश रोएका बेला कसरी हाँस्नु र खै ?

कुमार तामाङ

 

आफू त भेजेटेरियन परियो । नुन–तेल केही पनि चाहिँदैन । नाकाबन्दी भए पनि असर गर्दैन ।

सुमन बान्तवा

 

खै, के गर्नु र ? सबै तिर बन्दै बन्द छ ।

नलिना राई

 

ढिँडो पकाएर, पानी पिएर मनाउने ।

मनोज रायमाझी

 

मुलुक अप्ठ्यारो अवस्थामा छ । त्यति रमाइलो होला जस्तो छैन । जे छ त्यसमै रमाउने हो ।

सोहन लिम्बू

 

तरुल र पिँडालु खाएर । चट्पटे चाहिँ चाइनिज भैयाको खाने विचार छ ।

सुजित सुवेदी

 

के–को दसैं मनाउनु ? अब त दसा पो सुरु भयो ।

काजोल थापामगर

 

खै आफू त वर्षौंपछि विदेशबाट यसपालि दसैंमा घर जाँदैछु । नाकाबन्दीले गर्दा सवारी साधनहरू ठप्प होलान जस्तो छ । किनमेल गर्नसमेत अप्ठ्यारो छ । खै कसरी घर जाने हो ? कसरी दसंै मनाउने हो ? 

समिर तामाङ

 

यस्तो नाकाबन्दीमा के–को दसैं ?

रामचन्द्र गौडेल

 

साथीभाइ एवं आफन्तहरूसँग भेटघाट अनि रमाइलो गरेर ।

स्वामी फेसबुकानन्द

 

मामाघर घर गएर मनाउने सोचमा छु । 

सुसन सुब्बा

 

खै, कसरी मनाउनु ? तराई बन्दको बन्द नै छ ।

राजकुमार न्यौपाने

 

परदेशीलाई के–को दसैं, के–को तिहार । तैपनि खसीको परिकार बनाएर, टीका लगाइदिएर, आत्मीयता साटेर जात र वर्गको भेदभावबिना स्वच्छ दसैं मनाइन्छ ।

रोमन भट्टराई, युएई

परिवारसँग रमाइलो गर्ने ।

नीरज लुइँटेल

 

दसैं त धूमधामसँग मनाउने हो नि । वर्ष दिनमा एकपटक आउँछ, नमनाएर हुन्छ ?

ओम शिवाकोटी

 

हेटौंडा गएर मनाइन्छ परिवार र आफन्तजनसँग भेटघाट गरिन्छ, खसी ढालिन्छ । तास खेल्न आउँदैन । बाहुनको छोरो हुँ, रक्सी खाँदिनँ । टीकाको दिन मामाघर बारा पुगिन्छ । यसपालि ससुराली गोरखामा टीका छैन ।

प्रकाश ढुंगाना

 

म त नयाँ लुगा लगाएर दसैं मनाउने सोचमा छु । 

शारदा खतिवडा, इटहरी–१८

 

सात वर्षपछि दसैं मनाउँदैछु । आफ्नै गाउँ जान्छु ।

वेदप्रसाद रेग्मी सागर 

 

खोइ, अहिलेसम्म सोचेको छैन । खासै त्यस्तो योजना पनि छैन ।

आरोही कोइराला

 

परदेशमा छु । खै, कसरी दसैं मनाउनु ? रोएरै बित्छ होला । 

इन्दिरा बजगाईं, जापान

 

आमा, बुबा, श्रीमती सबैलाई छाडेर परदेश आइयो । मनमा पीडा छ । सबैलाई सम्झिरहेको छु । यसपटक विदेशमै दसैं मनाइने भइयो ।

राज कार्की, सिंगापुर 

 

हुन त दसैं मान्नु–नमान्नु आ–आफ्नो विचार हो । नेपालबाहिर हुनाले घरको सम्झना एकदमै बढिरहेको छ । नेपालको जसरी त मनाउन नपाइएला तर साथीभाइ भेला भएर मनाउने विचार छ ।

नवीन, युएइ

प्रकाशित :आश्विन २४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्