रोमान्टिक हुँदैछन् माग्नेबुढा

- साप्ताहिक संवाददाता

आश्विन २१, २०७२

जबदेखि चलचित्र ‘वडा नम्बर ६’ को प्रमोसन प्रारम्भ भयो, तबदेखि नै उक्त चलचित्रका एक मुख्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ हल्का रोमान्टिक देखिए । ‘हल्का रमाइलो’ भन्दै चलचित्रको प्रमोसनमा खटिएका माग्नेबुढा त्यसक्रममा हास्य अभिनेत्री दीपाश्री निरौलासंग अलि बढि नै नजिकिएको देखियो । ‘वडा नम्बर ६’ को कथावस्तुमै माग्नेबुढाले दीपाश्रीलाई एकतर्फी प्रेम गरेको देखाइएकोले हुनसक्छ, चलचित्रको प्रमोसन–कार्यक्रममा उनले कहिले दीपाश्रीलाई जुरुक्कै बोकिदिए भने कहिले उनका लागि मीठा गीत पनि गाइदिए ।

चलचित्र व्यवसायिक रुपमा सफल भैसकेको छ । चलचित्रका सबै कलाकारले दर्शकको मन जितिरहेका छन् । यता माग्नेबुढा र दीपाश्रीको घनिष्टता भने बढेको बढ्यै छ, दीपकराज गिरीलाई नै असर पर्ने गरी । यसै साता साप्ताहिकका फोटोग्राफर नवराज वाग्लेले आफ्नो क्यामरा के सोझ्याएका थिए, माग्नेबुढाले पुन: एक पटक आफ्नो रोमान्टिक छवि प्रस्तुत गरे । त्यसक्रममा दीपाश्रीले पनि उत्तिकै साथ दिएको देख्दा उनी पनि माग्नेबुढाप्रति आकर्षित त भएकी होइनन् भन्ने हामीलाई लाग्या छ !  

 

प्रकाशित :आश्विन २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्