दसैं गीतमा रिस्ता र विकास

- साप्ताहिक संवाददाता

आश्विन १९, २०७२

 

नेपालीहरुको महान् चाड विजयादशमी नजिकिदै गर्दा दसैं सम्बन्धी  गीत–संगीत सार्वजनिक हुने क्रम प्रारम्भ भएको । यही सेरोफेरोमा गायक महेश क्षेत्रीको स्वरमा ‘रमाइलो चाड’ गीतको म्युजिक भिडियो सार्बजनीक भएको छ । गीतमा दीपक थापाको शब्द र शंकर थापाको संगीत सुन्न सकिन्छ । दसैंमा रमाइलो गर्दै खुशी बाढ्न आग्रह गरेको यो गीतलाई दर्शक स्रोताले मनपराउने गायक महेसको अनुमान छ । भक्तपुर, कटुन्जेको महादेव स्थानमा छायांकन गरिएको भिडियोमा सन्दीपको नृत्य निर्देशन छ । शंकर अधिकारीको निर्देशन रहेको भिडियोमा रिस्ता बस्नेत र विकास लामिछानेले अभिनय गरिउका छन्  सन्दीप भुजेलको नृत्य निर्देशन गरेको यो भिडियोमा रामेश्वर हुमागाईको छायांकन, नविन पन्तको सह–निर्देशन र नविन निरौलाको सम्पादन रहेको छ  । 

 

प्रकाशित :आश्विन १९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्