अबिनाको अठोट

आश्विन ५, २०७२-
१८ वर्षीया अबिना थापा यतिबेला मोडलिङमा करियर बनाउन संघर्षशील छिन् । चरीकोट, दोलखाकी स्थायी बासिन्दा अबिना काठमाडौंमा बसोबास गर्न थालेको धेरै भैसकेको छ ।
स्कुले जीवनमै नृत्य एवं अभिनयमार्फत आफ्ना सहपाठीमाझ प्रिय अबिना यतिबेला मोडलिङलाई करियरकै रूपमा अघि बढाइरहेकी छिन् । हालै सम्पन्न मिस प्लस टु आइकनमा प्रतिस्पर्धा गरेपछि अबिनाले फेसन तथा मोडलिङका बारेमा प्रसस्त जानकारी हासिल गरिन् । प्रतियोगितामा मोस्ट फ्रेन्डलीको उपाधि जितेपछि उत्साहित भएकी अबिना अब म्युजिक भिडियो हुँदै चलचित्रसम्मको यात्राका तय गर्ने अभिनयमा जुटेकी छिन् ।
५ फिट ४ इन्च अग्ली अबिनाले केही म्युजिक भिडियोमा अभिनय गर्ने प्रस्तावसमेत पाइसकेकी छिन् । र्‍याम्प क्याटवाकमा आफूलाई अब्बल सावित गरिसकेकी अबिनाले भविष्यमा सफल मोडल तथा नायिका बन्ने अठोट लिएकी छिन् ।

प्रकाशित :आश्विन ५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्