चाडपर्वको मौसमलाई कसरी इन्जोय गर्दै हुनुहुन्छ ?

- साप्ताहिक संवाददाता

आश्विन १, २०७२

एकदम रमाइलो लागिरहेको छ । मौसम पनि रमाइलो हुँदै गएको छ । एकपछि अर्को गरी रमाइला चाडपर्व आइरहेकाले म मस्तीको मुडमा सबै चाड मनाउन तयार अवस्थामा छु ।

स्मिता थापा, मोडल

म त्यति चाडपर्व प्रेमी होइन, तर आफन्त तथा साथीहरूले खुसी र मनोरञ्जनका साथ चाडपर्व मनाउँदा म पनि त्यसमा सहभागी भएर इन्जोय गर्छु ।

सुरक्षा पन्त, नायिका

भूकम्पपछिका दिनमा विदेशमा सहयोगका लागि आयोजित कार्यक्रमहरूमा बढी व्यस्त छु । चाडपर्वको मौसम आए पनि यो वर्ष त्यति उल्लासमय ढंगबाट इन्जोय गरिँदैन जस्तो छ ।

विजय लामा, गायक

आफन्तजनसँग भेटघाट अनि खानपानका साथै जीवनका दु:खसुखका सम्बन्धमा भलाकुसारी गरेर चाडपर्व मनाउने विचारमा छु ।

शंकर आचार्य, निर्देशक ‘भद्रगोल’

मुलुकमा विपद् परेको बेला के इन्जोय गर्न सकिन्छ र ? बरु हामी सबै जना एकजुट भएर दु:खलाई सुखमा परिणत गर्ने प्रयास गरौं ।

आरुष गुरुङ, मोडल

परिवारका सदस्यहरूसँग बसेर इन्जोय गर्ने मुडमा छु । विशेषगरी मन्दिरतिर गएर धर्मकर्म गर्ने विचार छ ।

रमित ढुंगाना, नायक

यसपटकको चाडपर्वको मौसममा म अमेरिकामै हुने भएँ । यता सबैले दिएको मायाले म नेपालमै छु भन्ने आभाष भएको छ । यहाँका विभिन्न राज्य घुम्दै दिदी–बहिनीहरूसाग भेटघाट गर्दै विभिन्न परिकार चाख्दै निकै इन्जोय गरिरहेकी छु ।

निरु खड्का, हास्य अभिनेत्री/नृत्याङ्गना

चाडपर्वको मौसममा देश–विदेशका विभिन्न स्थान घुमेर तथा क्लाउन थियटरको प्रस्तुति दिँदै मनाउने भएको छु ।

विशारद बस्नेत, रंगकर्मी

परिवारलाई समय दिएर, उनीहरूसँग घुमघाम र रमाइलो गर्दै मनाउने विचारमा छु । विशेषगरी पुराना साथीहरूसँग समय बिताउने तरखरमा छु ।

अमिर गौतम, नायक

म चाडपर्व निकै उत्साहपूर्वक मनाउने भएकीले होला तीज, दसैं, तिहार सबै मज्जाले मनाउँछु । चाडपर्व आउनु अगावै मनाउने तरीका खोज्छु र त्यहीअनुसार मनाउँछु । अरू बेला कामबाट फुर्सद नपाउने भए पनि चाडपर्वमा फुर्सद हुन्छ । त्यसैले खुलेर इन्जोय गर्ने मुडमा छु ।

अनु शाह, नायिका

चाडपर्वको यो मौसममा म पोहोर जस्तै विदेशमै व्यस्त रहनेछु । इजरायलमा भएका दाजुभाइ–दिदीबहिनीहरूले बोलाउनु भएको छ । मेरो रमाइलो उतै हुनेछ ।

ताराप्रकाश लिम्बू, संगीतकार/गायक

चाडपर्वलाई उत्साहजनक तरिकाले मनाउने उपाय खोज्दैछु । मनै ठीक छैन, सम्भवत: पहिलेको जस्तो उत्साह रहँदैन कि ?

गम्भीर विष्ट, नृत्य निर्देशक

पहिलेको जसरी नै इन्जोय गरिन्छ । मुड राम्रो भए राम्रै इन्जोय हुन्छ, नभए कम हुन्छ ।

अशिष्मा नकर्मी, नायिका

मनाउनु त पर्छ । परिवारसँग रमाइलो गरी मनाउने रहर छ, तर यो वर्ष पहिलेको जस्तो उत्साहचाहिँ होला जस्तो छैन ।

जेबिका कार्की, नायिका

प्रकाशित :आश्विन १, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्