हेल्दि होमको सातौं शाखा

- साप्ताहिक संवाददाता

भाद्र २८, २०७२

हेल्दि होमले आफ्नो स्थापनाको सातौं बर्षको अवसरमा सातौं शाखा संचालमा ल्याएको छ । राजधानीको विश्वज्योती मलमा संचालनमा आएको सातौं शाखाले आफ्नो सेवामा थप सुविधाहरु समावेश गरेको छ ।  

नेपाली रजतपटकी नायिका करिश्मा मानन्धरले उद्घाटन गरेको उक्त शाखाले पनि अन्य शाखाहरुले झैं मोटोपन घटाउन मद्धत गर्ने जनाएको छ । हेल्दी होमको उद्घाटन गर्दै मानन्धरले पछिल्लो पटक नेपालीहरुमा मोटोपन बढ्दै गएको कारण हेल्दि होमले अन्य शाखाहरुले झैं यसले पनि प्राकृतिक रुपमा दुब्लोपन बनाउने विश्वास ब्यक्त गरिन् । उक्त होमको उद्घाटनमा विभिन्न सेलिब्रेटीहरुको उपस्थिती रहेको थियो । 

 

प्रकाशित :भाद्र २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्