Teej banner

आयो रेखाको तीज गीत

भाद्र २१, २०७२

सदावहार लोक गीत ‘सिमसिमे पानीमा...’ की गायिका गायिका रेखा शाह तीज गीतमा समेत सुनिन थालेकी छिन् । अघिल्लो वर्षको तीजदेखि गायिका शाहले तीज विशेष गीत गाउन थालेकी हुन् । अघिल्लो वर्ष उनले गाएको तीज गीत ‘रेशमी रातो सारी...’ दर्शकले मन पराएका थिए ।

पहिलो गीतबाट पाएको उत्साहजनक प्रतिक्रियापछि गायिका शाहले यो वर्ष पनि एउटा तीज गीत गाएकी छिन् । आफ्नो दोस्रो तीज गीतको शब्द तथा संगीतका लागि गायिका शाहले अघिल्लो तीज गीतकै गीतकार तथा संगीतकार केशव चौलागाईंको साथ पाएकी छिन् ।

‘ब्रत बसें तीजैको...’ गीतको म्युजिक भिडियो यूट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट प्रिमियर गरिएको छ ।  नितिन चन्दको निर्देशनको यो भिडियोमा गायिका शाह आफैंले अभिनेता दिक्पाल कार्कीसंग अभिनय गरेकी छिन् । भिडियोमा प्रशान्त तामाङले कोरियोग्राफी गरेका छन् ।

 

प्रकाशित :भाद्र २१, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्