त्यो त हुनै हुँदैन, हामीलाई कसले हेर्ने

- विदुर खतिवडा

भाद्र १५, २०७२

ज्योति मगर, गायिका

महिलाको स्तन नभए ?

त्यो त पानीबिनाको समुद्रजस्तै हो । आकर्षण नै हुँदैन, तर स्तन पनि आकर्षक हुनुपर्छ ।

अनि पुरुषको स्तन भयो भने के हुन्छ नि ?

खै के हुन्छ होला हौ ? त्यो त हुनै हुँदैन, नत्र खत्तम हुन्छ, हामीलाई कसले हेर्ने ?

चुम्बन गर्दा केश झर्ने रोग लाग्ने भए ?

केश नहुँदा पनि निशा अधिकारी र मनीषा कोइरालालाई राम्रै देखिएको छ, मचाहिँ बरु केश झरोस् तर चुम्बन गर्नचाहिँ छोड्दिनँ ।

मानिसले अन्डरवेयर किन लगाउँछ ?

पैसा धेरै भएर होला नि, खै राउटेहरूले नलाउँदा भएकै छ, हाम्रा बाउबाजेको पालामा पनि लगाउने चलन थिएन क्यारे ।

कुनै कार्यक्रममा तपाईंंको पहिरन अचानक फुस्कियो भने ?

त्यहाँ हुने पुरुष त औधी रमाउँथे, महिला दिदी बहिनीहरूले आँखा छोप्थे, मचाहिँ त्यहाँबाट कुलेलम ठोक्थे ।

तपाईंको टाउको जोडेको नग्न तस्विर सामाजिक संजालमा भाइरल भयो भने ?

त्यो तस्बिर आफ्नो नहुने भएकाले खासै फरक पर्दैन तर कुरो सिरियस पर्‍यो भने साइबर क्राइममा मुद्दा हालिन्छ ।

तीजको कार्यक्रममा नांगा शिवजी प्रकट भए भने ?

मानिसलाई नियम कानुन लागे पनि नग्न रूपमा प्रकट हुँदा शिवजीलाई कानुनले पक्रिन सक्दैनथ्यो, सबै ढोग्न तिर लाग्थे होलान् । गाइको दूध पाइँदैन, त्यसैले म प्याकेटको दूध चढाउँथे अनि तपाईंंको चाहिँ कसरी त्यति ठुलो भयो भनेर सोध्थे ।

अनमोल केसीले विवाह गर्छु भनेर जिद्दी गरे भने नि ?

ऊ हेन्डसम भए पनि बच्चै भएकाले बाबु अलि बच्चै छौ, डेडीलाई पठाइदेउ भन्थे ।

बाटोमा हिँड्दा–हिँड्दै कसैले म्वाइँ खायो भने ?

खानेमान्छे कस्तो छ भनेर हेर्थे, अनि किन म्वाइँ खा’को भनेर सोध्थे, केटो हेन्डसम रहेछ भने बराबरी गर्न म पनि म्वाइ खाइदिन्थे ।

नचिनेको मानिसले अचानक एक थप्पड हान्यो भने नि ?

सुरुमा रिसले आगो हुन्थे, अनि एक चड्कन फर्काएर सोध्थें— किन थप्पड हानेको ?

सन्नि लियोनलाई भेट्नुभयो भने के प्रश्न गर्नुहुन्थ्यो ?

मलाई उनी एकदम राम्री लाग्छिन्, यति राम्री मान्छे जन्माउने तिम्रा बुबा–आमा कस्तो हुनुहुन्छ भनेर उनीहरूको तस्बिर हेर्थें ।

लाठी चार्ज गर्न कुन चार्जर प्रयोग गरिन्छ ?

लामो गोर्खे लौरी चार्जर ।

पुरुषले मेकअप गर्न पाए के गर्लान् ?

केटीहरूजस्तै बन्ने प्रयास गर्थें तर सुहाउँदैनथ्यो । 

प्रकाशित :भाद्र १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्