Teej banner

घमासन भिडियो गेम (फोटो फिचर)

- शिव मुखिया

भाद्र १५, २०७२

यतिवेला सुन्धारास्थित सिभिल मल पुग्नुभयो भने, शहरिया तन्नेरीहरुको वाक्लो जमघट देख्नुहुनेछ । कोहि ठूल–ठूला स्क्रिनमा गेम खेलिरहेका हुनेछन् भने, कोहि आफ्नो टिम र खेलाडीको समर्थनमा हुटिङ लगाइरहेका । यस्तो लाग्न सक्छ, त्यहाँ प्रतिस्पर्धात्मक खेल भैरहेको छ । 

तपाईको अनुमान सहि हो । यतिवेला सिभिल मलमा भर्चुअल गेमको प्रतियोगिता भैरहेको छ । कुनै वेला ‘भिडियो गेमकै’ रुपमा खेलिने खेलको परिस्कृति स्वरुप हो यो । यस अन्र्तगत खेलाडीले ठूल–ठूला स्क्रिनमा एक्स वक्स र प्ले स्टेशन थ्रिको माध्यामवाट भर्चुअल खेलाडीलाई नियन्त्रण गरिरहेका हुन्छन् । 

साइवर वा गेमिङ जोनमा जस्तो क्षणिक मनोरञ्जनका लागि मात्र उनीहरु गेम खेलिरहेका छैनन् । लामो अभ्यास र केहि प्रकिया पुरा गरेर यहाँसम्म आइपुगेका छन् । किनभने, यो व्यवस्थित ढंगले आयोजना गरिएको प्रतियोगिता हो, जसको पुरस्कार राशी दुई लाख रुपैयाँ छ । 

भिडियो गेमको आकसिदो क्रेजसँगै एन गेमर्सले यसको प्रतियोगिता आयोजना गर्ने जमर्को गरेका अध्यक्ष आयुशराज तुलाधार वताउँछन् । ‘हामीले विगत पाँच वर्षदेखि काठमाडौंको विभिन्न सपिङ मलमा प्रतियोगिता गरिरहेका छौं’ आयुशराज भन्छन्– ‘भिडियो गेम खेल्नेहरुलाई यसले राम्रो प्लेटफर्म प्रदान गरिरहेको छ ।’ 

यसपालीको प्रतियोगितामा डोटा–२, फिफा २०१५ र मोवाइल गेम एसफल्ट समावेश छ । डोटा–२ मा ५६ वटा टिम भिडिरहेका छन् । यो समूहमा खेलिने खेल हो । एभरेष्ट, श, थ्रिसि, हेग्स, फिक्स इट, जेटजे, डब्ल्यु सव, मिस्टिक, युआइए, टिम डायर, मिराकल जस्ता टिम यसमा सहभागी छन् । फिफा–२०१५ खेलमा २ सय जनाले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै, मोवाइल गेम एसफल्ट ७० जनाले खेलिरहेका छन् । प्रतियोगिता खेल्न काठमाडौं सहित पोखरा, धरान, वुटवल लगायतवाट युवाहरु आएका छन् । 

 

प्रकाशित :भाद्र १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्