फ्लेक्सिबल भएकाले म कुर्ता सुरुवाल लगाउँथे

- विदुर खतिवडा

भाद्र १५, २०७२

किरण केसी, रातामकै

बाँदरले पनि मान्छेले जस्तै बोल्न थाल्यो भने के होला ?

कलियुगमा हरेक कुरा विपरीत हुन्छ भन्छन् । ए अब कलिले छोएछ भन्ने मान्छु ।

गुडिरहेको सवारी साधनको चक्का फुस्कियो भने ?

दुर्घटना हुने निश्चित हुन्छ, म ठिकै भएभने अर्को चक्का फिट गरेर हिँड्छु, दुर्घटना भएर हिँड्न नसक्ने भए अरुले अस्पताल लैजालान, साधारण चोट लाग्यो भनें चाहिँ म आफैं हस्पिटल पुग्छु ।

चश्मा नबनेको भए के हुन्थ्यो ?

पावरवाला चश्मामा हिड्नेहरू रातमा रतन्धोको सिकार हुन्थे, रतन्धोको सिकार भैसकेपछि रात्री जीवन ध्वस्त हुन्थ्यो, रात्री जीवन ध्वस्त भएपछि रेस्टुराँ चल्ने थिएनन्, रेष्टुरेन्ट नचलेपछि मदिरा र मासु पनि चल्ने थिएनन् । अनि रेस्टुराँ व्यवसायीले साहूलाई घर भाडा तिर्न सक्ने थिएन्, हेर्नुस् त चश्माको पावर ।

मन्दिरबाट निस्कँदा जुत्ता–चप्पल गायब भयो भने ?

म पनि अर्काको राम्रो जुत्ता छानेर टाप कस्छु, इँटको जवाफ पत्थरले दिने भनेको यही हो ।

कुकुरले बिजुलीको खम्बा देख्ने बित्तिकै खुट्टा उठाउने कारण के होला ?

बिजुलीका खम्बा नभएको भए कुकुरको किड्नी फेल नै हुन्थ्यो । कुकुरका लागि पिसाब फेर्ने भरपर्दो स्थान भनेकै बिजुलीको खम्बा हो  होइन भने कुकुरलाई पिसाब नै आउँदैन ।

युवतीको गालालाई किन स्याउसँग तुलना गरिएको ? 

१७ देखि २५ वर्षको उमेरमा यौवन आएर बस्ने भएकाले युवतीको गाला स्याउ जस्तो देखिन्छ अनि त्यो गालाले पुरुषहरूलाई नजर लगाउन बाध्य बनाउँछ ।

महिलाहरूले एकहप्ता नबोल्ने व्रत बस्नुपर्ने भयो भने ?

पृथ्वीका लोग्नेमान्छेहरूलाई हाइसन्चो हुन्थ्यो ।

साताको एक दिन महिलाले लगाउने पहिरन पुरुषले लगाउनुपर्ने नियम आयो भने के लगाउनुहुन्छ ?

म कुर्ता सुरुवाल लगाउँथे । कुर्ता सुरुवाल फ्लेक्सिबल भएकाले, जहाँ पनि थचक्क बस्न मिल्छ । 

प्रकाशित :भाद्र १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्