नेफ्टा एवार्डको तयारी अन्तिम चरणमा

- साप्ताहिक संवाददाता

भाद्र १४, २०७२

कतारमा वितरण गरिने यो वर्षको नेफ्टा एवार्डको तयारी द्रुत गतिमा भैरहेको आयोजक संस्थाले जनाएको छ । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले एवार्डलाई भव्य बनाउन सक्दो प्रयास गरिरहेको उल्लेख गरेको छ । नेफ्टा अध्यक्ष मनोज केसी अघिल्ला एवार्ड समारोहमा भएका गल्ती नदोहोर्‍याउने अभियान जुटेका छन् । 

यसपटकको एवार्डमा करिव ८० जना चलचित्रकर्मीहरु कतार पुग्ने आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । कतारस्थित अन्तर्राष्ट्रिय कलाकार मञ्चसंगको सहकार्यमा नेफ्टा एवार्ड असोजको दोस्रो साता वितरण गरिँदैछ । एवार्डका तयारीका लागि यतिबेला कलाकारहरु जमलस्थित राष्ट्रिय नाचघरमा नृत्यको प्रशिक्षण लिइरहेका छन् । नृत्य निर्देशक कविराज गहतराले नयाँदेखि पुराना पुस्तकाका कलाकारलाई विभिन्न चलचित्रका लोकप्रिय गीतमा कम्मर मर्काउन सिकाइरहेका छन् । 

एवार्ड समारोहमा संयम पुरी र आश्मा डीसीले चलचित्र ‘कोहिनुर’ को शीर्ष गीतमा नृत्य गर्दैछन् भने कान्तिपुर टेलिभिजनकी भिजे तथा नायिका अकेषा विष्ट र सौरमराज तुलाधरले चलचित्र ‘हवल्दार सुन्तली’ को ‘तिम्रा डोला डोला हातमा...’ गीतमा नृत्य गर्नेछन् । नायक जीवन लुइटेलले आफ्नै चलचित्रका लोकप्रिय गीतमा नृत्य गर्दैछन् भने नायिका बेनिशा हमालसँग चलचित्र ‘स्टुपिड मन’ को ‘तिम्रो आँखामा...’ गीतमा यूगल नृत्य प्रस्तुत गर्नेछन् । नायिका अनु शाह तथा नायक गौरव पहारीले चलचित्र ‘अझै पनि’ ‘प्रेम गीत...’ मा नृत्य गर्नेछन् । छुल्ठिम गुरुङ र संजोग कोइरालाले भने ‘चट्ट रुमाल क्या मालुम’ गीतमा कम्मर मर्काउने छन् । 

यसबाहेक आर्यन सिग्देल, नम्रता श्रेष्ठ, बसुन्धरा भुषालसहित थुप्रै कलाकारले कतारको स्टेज तताउने जिम्मा लिइसकेका छन् । 

 

प्रकाशित :भाद्र १४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्