प्रमोदले अभिनय गर्दा...

- कृष्ण भट्टराई

भाद्र १३, २०७२

गायक प्रमोद खरेल अब म्युजिक भिडियोको मोडलको रुपमा समेत दर्शकमाझ आउने भएका छन् । भूषण दाहालको निर्देशनमा गायक खरेलले अभिनय गरेका हुन् । 

गायक खरेलले आफ्नै गीत ‘निभाउन न आउनु आगो...’ मा अभिनय गरेका हुन् । निरोज लामाको संगीत, हेमकुमार लावतीको शब्द तथा गोपाल रसाइलीको संगीत संयोजनको यो गीतको म्युजिक भिडियोको छायांकन गत बिहिबार गरिएको हो । सयौं गीतका गायक खरेल तथा सयौं भिडियोका निर्देशक दाहालले यसअघि कुनै पनि भिडियोमा सहकार्य गरेका थिएनन्, अर्थात यो दुबैले संगै काम गरेको पहिलो म्युजिक भिडियो हो । धीरजजंग शाहले छायांकन गरेको यो भिडियोको सबैभन्दा रोचक पक्ष के छ भने, यसमा गायक खरेल एक्लैले अभिनय गरेका छन् अर्थात भिडियोमा महिला कलाकार नै छैनन् । गायक खरेलले एकल अभिनय गरेको भिडियो दर्शकले कत्तिको रुचाउने हुन्, प्रतिक्षाको विषय बनेको छ । 

 

प्रकाशित :भाद्र १३, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्