मन उड्यो योजनाको

- साप्ताहिक संवाददाता

भाद्र ९, २०७२

तीज गीतका बजारको आकर्षण देखेर नै हुनसक्छ, विगतमा आधुनिक र पप फ्लेभरका गीत गाएकी गायिका योजना पुरीले बजारले पहिलो पटक तीज गीत गाएकी छिन् ।

१ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय योजनाले प्रयोगका लागि तीज गीत गाएको बताइन् । ‘मन उडेर कहा गयो गयो, पढ्न मन लाग्दैन के भयो, यो मेरो मनको धोको पुर्‍याइदेउ’ शब्दको यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक साता नवित्दै २ लाख भन्दा बढि दर्शकले हेरेका छन् । निर्भाना कलाकेन्द्रले बजारमा ल्याएको यो गीत केहि फरक स्वादमा रहेको बताइन्छ । ए शिवजी शिर्षकको एल्बममा रहेको गीतको भिडियोमा मोडलको रुपमा हास्यकलाकार हरि निरौला ‘कक्रोच’ र सुरक्षा पोख्रेलले नृत्य गरेका छन् । दिपक दशनामीको शब्द रचना र कृष्ण समिप सुवेदीको लय रहेको यो म्युजिक भिडियोलाई दर्शकले छोटो समयमै रुचाएकाले गायिका पुरी दंग छिन् । योजना भन्छिन्–‘मेलोडियस गीत र यसको म्युजिक भिडियोलाई दर्शकले रुचाइदिनु भएको छ, मेरो त साँच्चै नै मन उड्यो ।’ म्युजिक भिडियोलाई संचारकर्मी विदुर खतिवडाले निर्देशन गरेका हुन् । 

 

प्रकाशित :भाद्र ९, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्