देविकालाई मिस नेपाल सृष्टिको साथ

- साप्ताहिक संवाददाता

भाद्र १, २०७२

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ चलचित्रमा नायिका बन्ने चर्चा चलेको धेरै भयो तर उनलाई अहिलेसम्म कुनै पनि निर्माता-निर्देशकले चलचित्रमा अभिनय गराएका छैनन् ।

चलचित्रमा अभिनय नगरेर के भयो, सृष्टिले म्युजिक भिडियोमार्फत आफ्नो अभिनय रहर पुरा गरिरहेकी छिन् । केही महिनाअघि बलिउड पुगेर एउटा हिन्दी गीतको म्युजिक  भिडियोमा अभिनय गरेर अभिनय यात्रा प्रारम्भ गरेकी सृष्टिले त्यसयता नेपाली भिडियोमा समेत समय दिन थालेकी छिन् । पछिल्लो समय सृष्टिले गायिका देविका बन्दनाको एउटा गीतको भिडियोमा अभिनय गरेकी छिन् ।

'सधैं सधैं...' शीर्षकको उक्त गीतका रचनाकार उषा शेरचन हुन् भने कल्याण सिंह यसका संगीतकार हुन् । बिजेश पौडेलको निर्देशनमा सृष्टिले यो भिडियोमा अभिनेता अनूपविक्रम शाहीसंग अनस्त्रिmन रोमान्स गरेकी छिन् । यो म्युजिक भिडियो भदौ २ गते बुधवार पि्रमियर हुँदैछ । 

प्रकाशित :भाद्र १, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्