पोखरामा रेन डान्सको मज्जा

- शिव शर्मा

श्रावण २७, २०७२

सिमसिमे झरीमा रुझ्नुको आनन्द बेग्लै हुन्छ, तर यसपटक पोखरामा प्राकृतिक झरीमा होइन, युवायुवतीहरू कृत्रिम झरीमा मज्जाले भिजे । लेकसाइडस्थित ब्यन्जन रेस्टुराँद्वारा आयोजित उक्त कार्यक्रममा झरीमा रुझ्दै नृत्य गर्ने अवसर जुटाइएको थियो । फेवातालको किनारमा कृत्रिम पानीको फोहोरा बनाएर आयोजकले रेन डान्सको चाँजोपाँजो मिलाएका थिए ।

‘रेन्टरटेनमेन्ट’ नामकरण गरिएको कार्यक्रमको क्रममा आकाशबाट समेत हल्का वर्षा भैरहेको थियो, जसका कारण तन्नेरीहरू लगाएको कपडासँगै लचप्पै हुँदै डान्समा मदमस्त भए । उनीहरूलाई तताउन काठमाडांैबाट आएका डिजे फुच्चे, हङकङका चिजोन तथा पोखराका डिजे नटिजले राम्रै डान्सिङ नम्बरहरू बजाए । साँझसँगै सुरु भएको कार्यक्रम रात बढ्दै गएपछि उन्मत्त हुँदै गएको थियो । अभिनेता सौगात मल्ल, कोरियोग्राफर प्रशान्त ताम्राकार, फेसन डिजाइनर राजेश धाख्वा, तथा हास्य कलाकार सन्दीप क्षेत्री आदि उक्त कार्यक्रमका आकर्षण थिए ।

प्रकाशित :श्रावण २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्