लक

लक

असार ११, २०७२

गायक सूर्य रुम्बाको दोस्रो एकल एल्बम ‘लक’ लाई गायिकाद्वय संगीता राना तथा रेश्मा सुनुवारले काठमाडौंमा विमोचन गरेका छन् । धसमारोहमा एल्बममा समावेश भूकम्पको पीडा बिर्साउने शैलीको गीत ‘एक युगमा एक दिन’ को म्युजिक भिडियो प्रिमियर गरिएको थियो । आधुनिक तथा पप शैलीका गीतहरूको एल्बम ‘लक’ का सबै गीतमा गायक रुम्बाकै शब्द तथा संगीत छ । एल्बमको एउटा गीतमा गायिका रेश्मा सुनुवारले गायक रुम्बालाई साथ दिएकी छिन् । प्रिमियर गरिएको म्युजिक भिडियोको निर्देशन राजु लामाले गरेका हुन् ।

नेपाल देश प्यारो छ

गायक प्रमोद निर्माणले गाएको ‘नेपाल देश प्यारो छ’ गीतको म्युजिक भिडियो शनिबार ललितपुरमा प्रिमियर गरिएको छ । गायक निर्माणकै शब्द तथा संगीतको यो गीतले भूकम्पको पीडा बोलेको छ । गीतमा नायो गुरुङको पनि स्वर सुन्न सकिन्छ । अनुप गिरीद्वारा निर्देशित यो भिडियोमा राजेश महर्जनले अभिनय गरेका छन् ।

गर्व

गायक राजन ठकुरीले राष्ट्रिय गीतहरूको एल्बम ‘गर्व’ तयार पारेका छन् । लोकदोहोरी गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक ठकुरीले यसअघि आधुनिक गीति संग्रह ‘परीक्षा’ बजारमा ल्याइसकेका छन् । गायक ठकुरीले ‘गर्व’ एल्बममार्फत माटो र जन्मभूमिप्रतिको माया, ममता तथा आफ्नो कर्तव्य उजागर गर्ने प्रयास गरेका छन् । एल्बमका आठवटा गीतमा गायक ठकुरीकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

म हुँ नेपाली...

गायक विजय लामाले गाएको राष्ट्रिय गीत ‘म हुँ नेपाली...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बबीराज घतानीको शब्द तथा संगीतको यो गीतको भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् । भिडियोमा गायक लामा नेपाली सेनाको भूमिकामा प्रस्तुत भएका छन् ।

 

प्रकाशित :असार ११, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्