नेपालमा सबैभन्दा ठेगान नभएको कुरा के होला ?

नेपालमा सबैभन्दा ठेगान नभएको कुरा के होला ?

असार ४, २०७२

कानुनको ।

आरबी राई

नेताको बोली र पत्रकारको लेखाइ ।

विरोध श्रेष्ठ

भूकम्प आउने र जाने समय ।

अरुणा तामाङ आरोही

नेताहरूको दुईजिब्रे बोली र नेपालको राजनीतिको ।

राम चेम्जोङ

भूकम्प, नेताको बोली, अग्लो घरभित्रको जीवन तथा मिडियाको खबर ।

राजेश सुनम

हाम्रा देशका मन्त्रीहरूले कुन बेला बोली फेर्छन् थाहै हुँदैन ।

प्रकाश अधिकारी

पराकम्पहरूको ठेगान हुँदैन ।

दयाराम तिमिल्सिना

खै, नेपालमा कुनचाहिँ कुराको ठेगान छ र ?

गोविन्द शाह

नेता र राजनीतिको ।

प्रदीप

भूकम्पपीडितहरूको घर बन्ने कुराको ठेगान छैन ।

कृष्ण केसी

बिजुली बत्ती र नेताको भाषण ।

खड्ग राना समिप

भूकम्पले भन्दा बढी क्षति नेताले पुर्‍याएका छन् । नेताको बोली र काम गर्ने तरिकाको कुनै ठेगान छैन ।

सन्तोष दाहाल

प्रधानमन्त्रीको कुर्सी ।

खनाल सोल्टी

नेपालमा ठेगान नभएको कुरा भन्न थाल्यो भने त आफ्नो पनि ठेगान हुन छाड्छ ।

इन्द्र पाण्डे

आफ्नै ठेगान छैन । अरूको के कुरा गर्नु ?

मनु

भूकम्प, बिजुली बत्ती, धारामा पानी, संविधान, नेतालाई बुद्धि अनि पीडितलाई राहत कहिले आउँछ भन्ने कुनै ठेगान छैन ।

कुमार श्रेष्ठ

नेताहरूबीच कहिले सहमति हुन्छ भन्ने कुराको ।

बलराम अविरल श्रेष्ठ

कानुन र समय ।

नवराज

पुग्ने गरी पैसा कमाउन सकिन्छ कि सकिँदैन भन्ने कुराको ठेगान छैन ।

समर्पण सन्देश

नेपाली जनताको भविष्यको ।

सफल श्रेष्ठ

ठेगान भएको के नै पो छ र ? चौबीसै घण्टा लोडसेडिङ, ग्यास अभाव, खानेपानी अभाव । अझ संविधानको त द्दके कुरा भयो र ?

दिपराज राई

लोडसेडिङ र जागिरको अवसर ।

धु्रवराज

बन्द–हड्ताल नै हो ।

ज्ञानराज

नेताको भाषण, बन्द–हड्ताल तथा नेपालको बिजुलीको भर हुँदैन ।

रामहरि राई

इमानदारीको ।

माधव गौतम

नेपालको भविष्यको ।

रणबहादुर राई

नेपाली मिडिया ।

नयन गौतम

सभासदहरूको आनिबानी ।

विमलप्रसाद जोशी

जनताको भविष्य, नेताको बोली ।

आशिक तामाङ

प्रधानमन्त्रीको कुर्सी ।

नारायणबहादुर माझी

नेपालमा क्रिकेटका लागी

खेल मैदान कहिले बन्छ भन्ने ठेगान छैन ।

सतिष कर्ण

प्रकाशित :असार ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्