सतिदेवी टु पिसमा

सतिदेवी टु पिसमा

असार ४, २०७२

टेलिभिजनको लोकप्रिय सो ‘देवो के देव...महादेव’ मा सतिको भूमिका निर्वाह गर्ने मौनी राय हालका दिनमा फ्लोरिडाको मियामी सहरमा छिन् । पछिल्ला दिनमा उनलाई मियामी ‘बीच’ मा पर्याप्त मनोरन्जन गरिरहेको अवस्थामा देखिएको छ । उनले त्यहाँ निलो रंगको छोटा पहिरन लगाएको तस्बिर सार्वजनिक हुनुका साथै केही तस्बिरमा उनी टु पिसमा समेत देखिएकी छिन् । स्मरण रहोस्, मौनी केही समययता विदेश यात्रामा छिन् । गत साता उनी न्युयोर्कमा थिइन् । त्यहाँ उनी एक साथीकी बहिनीको विवाह समारोहमा सरिक भएकी थिइन् ।

माइलीको न्युड फोटोसुट

चर्चित गायिका/नायिका माइली साइरसले हालै ‘पेपर’ म्यागेजिनका लागि अत्यधिक बोल्ड फोटोसुट गरेकी छिन् । माइलीले म्यागजिन कभरका लागि न्युड पोज दिएकी छिन् । त्यसो त बोल्ड फोटोसुटका लागि उनी ख्यातिप्राप्त नै मानिन्छिन् । न्युड फोटोसुट गर्नु उनका लागि सामान्य नै भैसकेको छ । पेपर म्यागजिनको तस्बिरमा माइलीको शरीरलाई फोहर चिजबिजले कभर गरेको छ । अनि कतै पेन्ट पनि गरिएको छ । केही तस्बिरमा उनी बिलकुल न्युड देखिएकी छिन् । एक तस्बिरमा त उनी आफैंले पालेको बंगुरको साथमा देखिन्छिन् । तस्बिरहरूमा माइली एकदमै फरक र अचम्मको हाउभाउमा प्रस्तुत भएकी छिन् ।

 

प्रकाशित :असार ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्