Teej banner
कान्तिपुर टिभीमा टफ टक

कान्तिपुर टिभीमा टफ टक

असार ४, २०७२

टेलिभिजनकर्मी दिलभूषण पाठकको लोकप्रिय टक शो ‘टफ टक विद दिल भूषण पाठक’ को नियमित प्रसारण कान्तिपुर टेलिभिजनबाट हुन थालेको छ । प्रत्येक बुधवार राति ९ बजे प्रसारण हुने यो कार्यक्रममा कुनै एक जना व्यक्तित्वसँग पाठकले रोचक शैलीमा कुराकानी गर्छन् । पाठक कान्तिपुर टेलिभिजनका समाचार प्रमुखमा हालसालै नियुक्त भएका हुन् ।

विद्यालयमा बान्द्रे

‘मेरी बास्सै’ टेलिश्रृंखलाका कलाकार सुरज चापागाईं ‘बान्द्रे’ यतिबेला झापा तथा मोरङका विभिन्न विद्यालयमा व्यस्त छन् । बान्द्रे स्वयंले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘मेरो स्कुल’ को विशेष प्रदर्शनीका लागि उनी व्यस्त भएका हुन् । बान्द्रेले सिनेमा हलसंग साझेदारी गर्दै विद्यार्थीहरूलाई भेला पारेर चलचित्र प्रदर्शन गरिरहेका छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी बनाइएको उक्त चलचित्रमा शिक्षकमा सकारात्मक सोचको विकास गराउनुका साथै विद्यार्थीहरूलाई भयमुक्त शिक्षण सिकाइको माध्यमबाट ज्ञान हासिल गराउने कथा समावेश छ ।

जिरे खुर्सानी सुचारु

लामो समयदेखि रोकिएको हास्यश्रृंखला ‘जीरे खुर्सानी’ को प्रसारण सुचारु भएको छ । दुई साताअघिदेखि नेपाल टेलिभिजनबाट पुरानै समयमा यो श्रृंखला प्रसारण हुन थालेको हो । लामो समयदेखि प्रसारण रोकिएको यो श्रृंखला अबका दिनमा निरन्तर प्रसारण हुने श्रृंखलाका एक निर्देशक जितु नेपालले बताएका छन् । यसबीच निर्देशक नेपालले मंगलबार आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनका अवसरमा रेडियो अडियोले जितु नेपालका लागि एउटा विशेष समारोह नै आयोजित गरेको थियो जहाँ लोकप्रिय हास्य कलाकारहरूले जितुलाई शुभकामना दिएका थिए ।

प्रकाशित :असार ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्