ढङढङे मेला

ढङढङे मेला

- तेजन खड्का

असार ४, २०७२

पूर्वी तराईमा बसोबास गर्ने धिमालहरू यतिबेला आफ्नो सांस्कृतिक पर्वमा व्यस्त छन् । भूकम्पको त्रासमा जात्री मेलाको आयोजना नगर्न धिमाल जाति विकास केन्द्रले उर्दी जारी गरे पनि मेलाको आयोजना भएरै छोड्यो । भूकम्पले गर्दा सुरुमा मेला लगाउने कुरा थिएन, पछि लगाउने निर्णय भयो, धिमाल जाति विकास केन्द्रका केदार धिमाल भने । मेलामा धिमालहरूका साथै गैरधिमालहरूको बाक्लो उपस्थिति थियो ।

वैशाख २ गते प्रारम्भ भएको जात्री पर्व धिमाल जातिले वैशाखदेखि असारसम्मका दुई महिना ढोल बजाएर मनाउँछन् । वैशाख १२ गते गएको भूकम्पपछि पनि धिमालहरूको गाउँटोलमा जात्रीले निरन्तरता पायो । जात्री पर्व २ महिना लामो भयो भनेर परिमार्जन गरी यसलाई छोट्याउने कुरा चलिरहे पनि असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलमा मेलाको आयोजना गरी मनाइन्छ ।

जेठ–असार महिनामा खेतीपाती सुरुवात गर्नुअघि धिमालहरू ‘सिरिजात’ तथा ‘जात्री’ मनाउँछन् । ठूलो मेला नलगाई मनाइने यो पर्वलाई सिरिजात तथा धूमधामसँग मेला लगाई मनाइने पर्वलाई जात्री भनिन्छ । आदिकालदेखि नै गाउँमा अनिष्ट नहोस्, बाली नाली राम्रो होस, उब्जनी बढोस्, माता हैजा नलागोस्, गाउँमा राम्रो होस् भनेर यो चाड मनाइँदै आएको छ ।

 

प्रकाशित :असार ४, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्