नामवुन नामआल पर्व

नामवुन नामआल पर्व

जेष्ठ ३२, २०७२

नेपालको पूर्वी भेगमा मात्र बसोबास गर्ने लाप्चा जाति दसैं, तिहारबाहेक आफ्नो मौलिक पर्व ‘नामवुन नामआल’ पनि विशेष रूपले मनाउँछन् । बौद्धमार्गी लाप्चाहरूको यो पर्व नेपालमा भन्दा भारतको सिक्किम र दार्जीलिङमा बृहत् रूपमा मनाइन्छ । मंसिरको अन्तिम वा पुसको पहिलो साता पर्ने नामबुन नामआल एक सातासम्म मनाइन्छ । यो अवसरमा लाप्चाहरूले आफ्नो पितृलाई सम्झेर सामूहिक पूजा पनि लगाउँछन् । त्यसबाहेक नाचगान गर्ने, सानालाई आशीर्वाद दिने र ठूलाबाट आशीर्वाद लिने काम हुन्छ । यो पर्वलाई मानव जाति राक्षसको क्रूरताबाट मुक्त भएको दिनका रूपमा पनि लिइन्छ । यो पर्वलाई लाप्चा जातिको नयाँ वर्ष पनि भनिन्छ र बृहत् सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छ ।

 

प्रकाशित :जेष्ठ ३२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्