कार्दशिनका पिता पनि महिला !

कार्दशिनका पिता पनि महिला !

जेष्ठ ३२, २०७२

लोकप्रिय म्यागजिन भ्यानिटी फेयरको जुलाईको संस्करणमा प्रकाशित आवरण तस्बिरले धेरैलाई आश्चर्यचकित बनाएको छ। कल्पनाभन्दा बाहिरको विषयवस्तु भएकाले छक्क पर्नु स्वभाविक पनि हो। ‘कल मि कैटलिन’ टाइटलमा कभर तस्बिरसहित चर्चित रियालिटी शो स्टार किम कार्दशिनका पिता ब्रुस जेनर त्यहाँ महिलाका रूपमा देखिएका छन्। किम मात्र होइन, ब्रुसका अरू छोरीहरू पनि विश्वचर्चित छन्। कुनै समयका ओलम्पिक च्याम्पियन ब्रुसले शल्यक्रियापश्चात् आफूलाई पुरुषबाट महिलामा रूपान्तरण गरेको बताएका छन्। महिला बनिसकेपछि उनले आफूलाई अब कैटलिन जेनरको नामबाट बोलाउन आग्रह गरेका छन्। ब्रुस बुढेसकालमा पुरुषबाट महिलामा परिवर्तन हुनुलाई धेरैले अनौठो मानेका छन्। ब्रुसले आफ्नो ट्विटर एकाउन्टमा लेखेका छन्– ‘म एकदमै खुसी छु, किनभने धेरै लामो संघर्षपछि मैले आफ्नो रुचिको जीवन पाएको छु, यसमा म अत्यन्तै सन्तुष्ट छु।’

४० की एन्जेलिना

संसारले चिनेको मात्र होइन, ह्दयबाटै मन पराइएको नाम हो— एन्जेलिना जोली। हलिउड अभिनेत्री एन्जेलिना गत साता ४० वर्षकी भइन्। हलिउड चलचित्रका विश्वभरका प्रशंसकहरू एन्जेलिनाका पनि प्रशंसक मानिन्छन्। हलिउड फिल्म नहेर्नेहरूबीच पनि उनी लोकप्रिय छिन्। एन्जेलिना आफ्ना ब्लकबस्टर सफल चलचित्रहरूभन्दा पनि हलिउड अभिनेता ब्राड पिटसँगको सम्बन्धलाई लिएर बढी चर्चामा आउँछिन्। सन् १९७५ जुन ४ मा लसएन्जलस क्यालिफोर्नियामा जन्मिएकी एन्जेलिनाले सफल अभिनेत्रीका अतिरिक्त फिल्म निर्देशक, पटकथा लेखकका रूपमा पनि आफ्नो परिचय बनाएकी छिन्। १६ वर्षको उमेरमा बालकलाकारका रूपमा अभिनय प्रारम्भ गरेकी एन्जेलिनाले २५ वर्षे फिल्मी करियरमा सबैभन्दा महँगी नायिकाका रूपमा आफूलाई उभ्याएकी छिन्। वेबसाइट द रिचेस्ट–२०१४ को सर्भेअनुसार एन्जेलिना २ हजार ५३ करोड रुपैयाँकी मालिक हुन्।

प्रकाशित :जेष्ठ ३२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्