सुन्दरी चोक

सुन्दरी चोक

जेष्ठ २२, २०७२-

ललितपुरको पाटन संग्रहालयभित्र रहेको सुन्दरी चोक चर्चामा छैन । सत्रौं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गरेको यो चोक सन १९९० को भूकम्पले ध्वस्त पारेपछि जीर्णोद्धार गरिएको भए पनि यसको अस्तित्व लोप हुँदै गएको स्थानीय बासिन्दाहरूको दुखेसो छ । यो चोकको भित्रपट्टि हात्तीको दाँतबाट बनेका झ्याल भए पनि हाल त्यसको अस्तित्व हराउँदै गएको लाओस राईले बताए । त्यहाँको सुनको धाराको संरचना पनि हराउँदै गएको राईले जानकारी दिए । कलात्मक बुट्टासहित हात्तीको दाँतमा कुँदिएको झ्याल सुन्दरी चोकको प्रमुख आकर्षण मानिन्छ । पाटन दरबारको प्रमुख चोकमध्ये सुन्दरी चोक पनि एक हो । यसैभित्र कलात्मक ‘तुसा हिटी’ पनि छ ।

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्