
करुवा
जेष्ठ २२, २०७२
नेपालमा निर्माण हुने करुवा परम्परागत भाँडा हो । पेट फुकेको, घाँटी केही साँगुरो र फुकेको ठाउँमा टुटी जडान भएको करुवा चाँदी, तामा, पित्तल वा काँसबाट बनाइन्छ । यो उपहारका लागि प्रख्यात छ । विदेशी पर्यटकहरूले नेपालको चिनोका रूपमा पनि करुवा खरिद गर्छन् । एक देखि डेढ लिटरसम्मका करुवा नेपाली बजारमा उपलब्ध छन् । यसको मूल्य १ हजारदेखि १० हजार रुपैयाँसम्म (चाँदीको बाहेक) पर्छ । विभिन्न आकर्षक बुट्टाजडित करुवाको मूल्य बुट्टाले पनि निर्धारण गर्छ । वजनका आधारमा पनि खरिद गरिने करुवा पर्यटकीय क्षेत्रहरूमा बढी बिक्री हुन्छ ।
प्रकाशित :जेष्ठ २२, २०७२






तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्