नाबालकहरूको भिडियो सार्वजनिक भएपछि

नाबालकहरूको भिडियो सार्वजनिक भएपछि

- शंकर आचार्य

जेष्ठ २२, २०७२

नाबालकहरूले अप्राकृतिक मैथुन गरेर त्यसको अश्लील भिडियो क्लिप्स बनाइ सार्वजनिक गरेपछि वीरगन्ज स्तब्ध भएको छ । लंगडीका १० देखि १५ वर्षसम्मका नाबालक/किशोरहरूले वैशाख १७ गते गाउँमा त्यस्तो कुकृत्य गरी मोबाइलले खिचेर सामाजिक सञ्जालमा सेयर गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीका अनुसार, घटनामा पीडित बालकको उमेर १२ वर्ष छ भने उनलाई जर्बजस्ती मैथुन गर्नेको उमेर १५ वर्ष छ । त्यसैगरी पीडित बालकको पिठ्युँ थिचेर उनलाई कामका लागि तयार गर्ने बालकको उमेर १२ वर्ष छ भने मोबाइलले दृश्य खिच्ने बालकको उमेर पनि १२ वर्ष नै छ । पीडित बालकका बुवालाई स्थानीय बासिन्दाहरूले उक्त भिडियो क्लिपका सम्बन्धमा सूचित गरेपछि उनी इलाका प्रहरी कार्यालय पोखरियाको सम्पर्कमा आएका थिए । प्रहरीले सबै नाबालकको परिचय गोप्य राखेको छ ।

‘बालकहरूले करिब अढाई मिनेटको अश्लील भिडियो क्लिप तयार पारेका रहेछन्,’ प्रनाउ ओलीले भने, ‘सबै बालकले घटनामा आ–आफ्नो संलग्नता पनि स्वीकार गरिसकेका छन् ।’ प्रहरीले स्थानीय १ कम्प्युटर अपरेटरलाई पनि उक्त भिडियो क्लिप सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको छ ।

उक्त भिडियो तयार पार्नुअघि आफूहरूले मोबाइलमै एउटा अश्लील चलचित्र हेरेको र त्यस्तै चलचित्र बनाउने प्रयास गरेको घटनामा संलग्नहरूले बताएका छन् । ‘यो घटना अनपेक्षित र अत्यन्त दु:खद् हो, यसले समाज कता जाँदै छ भन्ने प्रश्न पनि उठाएको छ,’ प्रनाउ ओली भन्छन्, ‘आफ्ना नानीहरूले मोबाइलमा अश्लील चलचित्र पनि राख्ने कुराप्रति अभिभावकहरू सजग हुने बेला आएको छ ।’

मुलुकी ऐन जर्बजस्ती करणीको महलले अप्राकृतिक मैथुन गर्नेलाई अन्य अपराधमा हुने सजायमा थप १ वर्ष कैदको व्यवस्था गरेको छ तर नाबालकको हकमा १० वर्षमुनिकालाई कानुन नलाग्ने, १२ देखि १४ वर्षकालाई ६ महिना, १४ देखि १६ वर्षमुनिकालाई बालिगलाई हुनेभन्दा आधा तथा १६ वर्ष माथिकालाई पूरा सजायको व्यवस्था छ ।

 

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्