नेपालमा सबैभन्दा ठेगान नभएको कुरा के होला ?

नेपालमा सबैभन्दा ठेगान नभएको कुरा के होला ?

जेष्ठ २२, २०७२

संविधानको ठेगान छैन भने प्रचण्डको बोली पनि त्यस्तै हो ।

महेन्द्र कोइराला

नेताहरूको बोली ।

उत्तम थापा, सम्झना नेपाल

संविधान ।

शक्तिम योंगा, हिमालयन मनोज

मानिसहरू तोकिएको समयमा आइपुग्दैनन् ।

सोनी

धेरै कुराको टुंगो छैन, जस्तो : विकास, भ्रष्टाचार, राजनीति, कर्मचारीतन्त्र, व्यापार–व्यवसाय ।

प्रेमप्रसाद सञ्जेल

चर्को बोली तथा मोटो खल्ती भएका मानिसहरूको ठेगान हुँदैन ।

कोमलता आले

ओलीको बोली नै होला ।

विवस लिम्बू

संविधान कहिले बन्छ भन्ने कुरा र सरकारको ठेगान छैन ।

सौरभ चाम्लिङ राई

यो देश चलाउने प्रधानमन्त्रीदेखि मन्त्री र अन्य ठूलाबडाहरूको बोलीको कुनै ठेगान छैन ।

प्रतिभा राना

कतिपय महिलाको आनिबानी ।

योगेश लिम्बू

पत्रपत्रिकाहरूको समाचारको कुनै ठेगान हुँदैन । एउटै कुरा फरक–फरक रूपमा आइरहेको हुन्छ ।

देवराज तिमिल्सिना

बन्द, हड्ताल अनि लोडसेडिङ तथा नेताका दुईजिब्रे भाकाको कुनै ठेगान हँुदैन ।

विराज मोक्तान मंगोल

कुनै कुराको पनि ठेगान छैन नेपालमा ।

दिलेन्द्र काम्चा मगर

नेताको थुतुनोको ।

विरोध श्रेष्ठ

नेपाली समयको कुनै टुंगो हुँदैन ।

समीक्षा ढकाल

राजनीति ।

रमेश अधिकारी, प्रकाश प्रमिस याक्खा तथा शुसान्त

यो प्रश्न नेता तथा राजासँग सोध्नुपर्छ ।

जीएमके पुलामी मगर

राजनीतिक दलका नेताहरूको बोली–व्यवहारको कुनै ठेगान छैन ।

खेमबहादुर श्रेष्ठ

नेपालको विकास भएको हेर्न पाउने कुरा सपना भयो । विकासको कुनै ठेगान छैन ।

रविन मैनाली

केटीहरूले भन्ने तीनवटा शब्द, ‘म तिमीलाई माया गर्छु ।’ कसलाई भन्छन् थाहा हुँदैन ।

विशाल लामिछाने

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्