अभिनयमा रोहिणी

अभिनयमा रोहिणी

जेष्ठ २२, २०७२

कलंकी, काठमाडौंकी स्थायी बासिन्दा रोहिणी लामा अभिनयमा करियर बनाउन चाहन्छिन् । यसका लागि उनले केही टेलिश्रृंखला तथा छोटा चलचित्रमा अभिनय गरेर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकी छिन् । काष्ठमण्डप कलेजमा कक्षा १२ मा अध्ययरत रोहिणीले कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको ‘किलो ट्यांगो माइक’ का आधा दर्जनभन्दा बढी भागमा अभिनय गरेकी छिन् । यसबाहेक उनले चारवटा छोटा चलचित्रमा समेत अभिनय गरेकी छिन् । म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुग्ने लक्ष्य बनाएकी ५ फिट २ इन्च अग्ली रोहिणी फुर्सदमा चलचित्र हेर्न रुचाउँछिन् । साडी र कुर्ता–सलवारकी पारखी लामा अभिनयका क्रममा रोमान्टिक भूमिकामा बढी सहज महसुस गर्छिन् ।

प्रकाशित :जेष्ठ २२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्