Teej banner
अहिले त पूरै स्वाहा नै पारिदियो

अहिले त पूरै स्वाहा नै पारिदियो

वैशाख २७, २०७२

 मणिराज उपाध्याय, पुराना पत्रकार

९० सालको भुइँचालो र अहिलेको भुइँचालोबीच तुलना गर्न मिल्दैन । त्यो बेला मुलुकको जनसंख्या जम्मा ८० लाख थियो । अहिले झन्डै ३ करोड छ । त्यतिबेला जताततै खुला जमिन थियो । अहिलेको पुस्तालाई पुरानो नेपालका सम्बन्धमा खासै ज्ञान छैन । त्यसो हँुदा बुझ्न अलि कठिन हुन्छ । अहिले त कतै पाइला राख्ने ठाउँसम्म पनि छैन ।

९० सालको भुइँचालो आउँदा म जम्मा १० वर्षको थिएँ । दरबार हाइस्कुलमा पढ्थें । मीनपचासको दुई महिनाको बिदा थियो । त्यो मौकामा घुम्न भनेर म सर्लाहीको मलंगवा पुगेको थिएँ । त्यहाँ मेरी ठूलीआमा हुनुहुन्थ्यो । मलाई सम्झना छ, ९० साल माघ २ गतेको त्यो दिन ठूलो कम्पन महसुस भयो । गाउँमा फुसका कच्ची घरहरू थिए । त्यहाँ त्यस्तो वीभत्स रूप त देखिएन तर कोलाहल मच्चियो । अहिले त पूरै स्वाहा नै पारिदियो । बाहिर हेर्न, घुम्न जानै मन लाग्दैन ।

यसपालि भुइँचालो आउँदा म खाना खाँदै थिएँ । सकिनै लागेको थियो । साढे तीनतले घरबाट तत्काल बाहिर निस्किएन । टंकप्रसाद आचार्यका छोराले म बसेको यो घरको डिजाइन गर्ने बेला भनेका थिए, ६–७ रेक्टर स्केलको भुइँचालो आउँदा फरक पर्दैन । त्यसैले म ढुक्क थिएँ । पछि झड्का रोकिएपछि हामी छिमेकको ग्यारेजमा बस्यौं । त्यहाँ हामीले तीन रात काट्यौं । मानिसहरूको भीड थियो । मंगलबारदेखि भने घरमै बसियो ।

प्रकाशित :वैशाख २७, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्